पूर्व उपप्रधानमन्त्रीहरूको संसदीय यात्राः छ जना भित्रिए, छ जना बाहिरिए
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार २३:२७:१
२२ मंसिर काठमाडौं । मंसिर ४ मा सकिएको प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनमा १२ जना पूर्व उपप्रधानमन्त्री उम्मेदवार बनेर चुनावी मैदानमा गएका थिए । चुनावी प्रतिस्पर्धामा गएका १२ जनामध्ये ६ जनाले चुनाव जितेका छन् भने ६ जनाले पराजय भोगेका छन् ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गरेका पूर्व उपप्रधानमन्त्रीहरूमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह, नेकपा एमालेका विष्णुप्रसाद पौडेल, रघुवीर महासेठ, टोपबहादुर रायमाझी र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले चुनाव जितेर प्रतिनिधिसभाको यात्रालाई कायमै राखेका छन् ।
हरुवा पूर्व उपप्रधानमन्त्रीहरूमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, सुजाता कोइराला र विजयकुमार गच्छदार यो निर्वाचनको प्रतिस्पर्धामा पराजित भए । एमालेका नेता ईश्वर पोखरेल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा पनि पराजित भए । यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतो पनि पराजित भए ।
यसैगरी पूर्व उपप्रधानमन्त्रीहरूमा कांग्रेसका विमलेन्द्र निधि समानुपातिक सूचीमा बसेका छन् । उनको पनि सीट पाउने नपाउने निश्चित छैन् । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र वामदेव गौतम हाल राष्ट्रियसभा सदस्यमा बहालै छन् । एमाले नेता डा. भीमबहादुर रावल, माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा र नेकपा मालेका महासचिव सीपी मैनालीले भने यो निर्वाचनमा भाग लिएका थिएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
बैशाख २४, २०८१ सोमबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
करदाता सेवा कार्यालयको राजश्वमा वृद्धि
बैशाख २४, २०८१ सोमबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
फ्लाईओभर निर्माण लापरबाहीले सर्वसाधारणलाई सास्ती [ फोटोफिचर ]
बैशाख २४, २०८१ सोमबार
चाँदीका गहनासहित एक जना पक्राउ
बैशाख २४, २०८१ सोमबार
सत्ताको दवावमा सरकारी वकिल, अखिलकी अध्यक्ष सिंहसहित ५ जनाविरुद्ध मुद्दा नचलाइने
बैशाख २४, २०८१ सोमबार
चोरीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ
बैशाख २४, २०८१ सोमबार