मधेशमा पहिलो प्रत्यक्ष निर्वाचित महिला स्वतन्त्र सांसद बनिन् सुरिता कुमारी
नेपालबहस संवाददाता
मंसिर २२, २०७९ बिहिबार २३:५:३८
२२ मंसिर, काठमाडौं । मधेश प्रदेशसभाको कूल ६४ सिटमध्ये ४ सिटमा महिला उम्मेदवार विजयी भएका छन् । जसमध्ये एक स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएकी हुन् । स्वतन्त्र उम्मेदवारीबाट विजयी हुनेमा सुरिताकुमारी साह रहेकी छन् ।
उनले महोत्तरी क्षेत्र नं. २ को प्रदेशसभा २ बाट विजयी भएकी हुन् । ५६ वर्षीय साहले ८ हजार ५६८ मत ल्याएर विजयी भएकी थिइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नागेश्वर यादवलाई पराजित गर्दै साह विजयी भएकी हुन् ।
कांग्रेसका यादवले ६ हजार ८०२ मत ल्याएका थिए । लालटिन चुनाव चिन्हबाट स्वतन्त्र उम्मेदवार रहेकी साहले स्नातकोत्तर गरेकी छन् । विसं। २०२२ फागुन ११ गते जन्मिएकी साह यसअघि सामाजिक क्षेत्रमा सक्रिय थिइन् ।
यस्तै नेकपा एकीकृत समाजवादीबाट वेची लुंगेलीले पनि प्रत्यक्षतर्फ चुनाव जितेकी छन् । लोकतान्त्रिक समाजवादीका तर्फबाट रानीकुमारी तिवारी निर्वाचित भएकी छन् । नेकपा (एमाले)का तर्फबाट शारदादेवी थापा रहेकी छन् । उनले महोत्तरी प्रदेश सभा १ बाट विजयी भएकी हुन् । यस प्रदेशमा नेकपा एमाले पहिलो दल बनेको छ । उसले १५ सिटमा जित निकालेको छ । दोस्रोमा नेपाली कांग्रेस रहेको छ ।
कांग्रेसले ६४ सिटमध्ये १३ सिट जितेको छ । यस्तै जनता समाजवादी पार्टीले ९, लोकतान्त्रिक समाजवादी पार्टीले ७ , जनमत पार्टीले ६, नेकपा माओवादी केन्द्र ४, नेकपा एकीकृत समाजवादी ४ र स्वतन्त्रले ६ सिट जितेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार