कृषि र पशुपालनको क्षेत्रमा काम गर्दै सहकारी
नेपालबहस संवाददाता
मंसिर २४, २०७९ शनिबार २२:२०:५९
२४ मंसिर, रेसुङ्गा । सामान्य कुराकानी चलिरहेका बेला दुई-चार जनाको एक समूहका बीचमा एउटा सहमति भयो । त्यो सहमति आर्थिक आवश्यकता परिपूर्तिका लागि थियो । आफू र आफ्ना नजिक भएकासँग सम्पर्क गरेर एउटा संस्था स्थापना गर्ने सल्लाह भयो ।
त्यसपछि ३१ जनाबाट सुरु भएको संस्था आज १४ हजारभन्दा बढीलाई आबद्ध गराउँदै छ जिल्लामा विस्तार भएको छ । बाईस वर्षअगाडि २०५७ मा गुल्मीको सदरमुकाम तम्घासमा मैत्री बहुउद्देशीय सहकारी संस्था लिमिटेड स्थापना भएको थियो । यो सहकारी अहिले गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु र नवलपरासीमा विस्तार भएको प्रमुख कार्यकारी अधिकृत अर्जुनप्रसाद आचार्यले जानकारी दिए ।
स्थापनाकालबाटै बचत तथा ऋण प्रवाह, दुग्ध डेरी स्थापना र लघुवित्त स्थापनाको काम सहकारीले गरेको थियो । सहकारीले तम्घास र धुर्कोटमा सुपथ पसल, बचत तथा ऋण, युवा स्वरोजगार कार्यक्रम, साना व्यवसायी रोजगार, बिना धितो ऋण प्रदान र शून्य दरमा ऋण प्रवाह लगायतका कार्यक्रम सञ्चालन गरिरहेको आचार्यले बताए ।
सहकारी अहिले कूल रु ८४ करोड पूँजीमा पुगेको छ । यसले वार्षिक एक करोड ५६ लाख आम्दानी गरेको छ । “सहकारी संस्थाले लगानी सोचेर र बुझेर मात्र गर्नुपर्छ”, उनी भन्छन, “बचत गर्दा सुरक्षित र भरपर्दो हुने भएकाले सहकारीमै बचत गर्नु आवश्यक छ ।” सहकारीमा अहिले छ जिल्लामा ५५ कर्मचारीले काम गरिरहेका छन् । सहकारीले तम्घासमा आफ्नै प्रशासनिक भवन बनाउँदैछ ।
अमर कल्याण बहुउद्देशीय सहकारी संस्था लिमिटेडले कृषि र पशुपालनको क्षेत्रमा उदाहरणीय काम गर्दै आएको छ । विसं २०६२ मा स्थापना भएको यो सहकारीमा आठ सय शेयर सदस्य छन् । यसको कूल पूँजी रु पाँच करोड पुगेको व्यवस्थापक अञ्जु पन्थीले जानकारी दिए । महिला सामुदायिक सेवा केन्द्र खोलेर सेवा दिइरहेको सहकारीले बेसार तथा मसला प्रशोधन उद्योग, सुपथ पसल सञ्चालन र लैङ्गिक हिंसामा परेकालाई न्याय दिँदै आएको व्यवस्थापक पन्थीले बताए ।
स्थापनाकालको छोटो समयमै चार सय ५० शेयर सदस्य आबद्ध गराएको उज्यालो सहकारी संस्था लिमिटेडले पनि अहिले आफ्नो कूल पूँजी रु छ करोड पु¥याएको छ । विसं २०७५ मा स्थापना भएको सो सहकारीले कृषि उपजको सङ्कलन, बजारीकरण, ऋण प्रवाह र सहुलियत कर्जा लगायतका काम गरिरहेको व्यवस्थापक नवीन अर्यालले जानकारी दिए ।
यी मात्र नभई जिल्लामा रहेका अधिकांश सहकारीले कृषि र पशुपालनको क्षेत्रमा काम गरिरहेका छन् । यसका अलावा सहकारीले बचत, ऋण प्रवाह र विभिन्न जनहितका काम पनि गरेका हुन् । जिल्ला सहकारी सङ्घ लिमिटेड गुल्मीको पछिल्लो तथ्याङ्कअनुसार जिल्लामा दुई सय ५६ सहकारी संस्था छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिकामा ४१, मुसिकोट नगरपालिकामा २०, इस्मा गाउँपालिकामा १६, मालिका गाउँपालिकामा २१, मदाने गाउँपालिकामा १३, धुर्कोट गाउँपालिकामा २७, गुल्मीदरबार गाउँपालिकामा २०, छत्रकोट गाउँपालिकामा २३, रुरुक्षेत्र गाउँपालिकामा २७, कालीगण्डकी गाउँपालिकामा १५, सत्यवती गाउँपालिकामा १९ र चन्द्रकोट गाउँपालिकामा १४ सहकारी रहेको जिल्ला सहकारी सङ्घ लिमिटेड गुल्मीका कार्यक्रम संयोजक प्रकाश पन्थीले जानकारी दिए ।
जिल्ला सहकारी सङ्घमा सचिव युवराज आचार्यले गाउँगाउँमा स्थापना हुने सहकारीलाई एकताबद्ध गर्न गाह्रो भइहरहेको बताए । “एउटै प्रकृतिका धेरै सहकारी स्थापना हुँदा उनीहरु एकताबद्ध नभएकाले चुनौती देखिएको छ”, उनी भन्छन, “कृषि र पशुपालनको क्षेत्रमा काम भएमा मात्र सहकारीको अर्थ रहन्छ ।” किसानका उपजलाई अधिकतम मूल्यमा खरिद गरेर बजारीकरणको ग्यारेन्टी गरेमा सहकारीले सफलता प्राप्त गर्ने सचिव आचार्यले बताए । रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
जेठ २, २०८१ बुधबार
लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने
जेठ २, २०८१ बुधबार
टेबल टेनिस खेलाडी स्यान्टु पेरिस ओलम्पिकमा छनोट
जेठ २, २०८१ बुधबार
दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी
जेठ २, २०८१ बुधबार
ट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार