यी हुन् एमाले, माओवादी र रास्वपाका समानुपातिक सांसद
नेपालबहस संवाददाता
मंसिर २४, २०७९ आइतबार ०:४०:०
२४ मंसिर, काठमाडौं । प्रमुख राजनीनितक दलहरुले प्रतिनिधिसभा समानुपातिकतर्फका सांसदहरुको नाम टुंगोलगाएर निर्वाचन आयोगलाई बुझाएका छन् । कांग्रेसले ३२ सांसदको नाम बुझाएको छ । नेकपा एमालेले प्रतिनिधिसभाका ३४ समानुपातिक सांसदको नाम टुंगो लगाएर बुझाएको छ ।
शनिबार बसेको सचिवालय बैठकले २२ महिला र १२ पुरुषको नाम टुंगो लगाएको हो । संघीय संसदमा निर्वाचित कुल सदस्यको कम्तिमा एक तिहाई महिला हुनुपर्ने संवैधानिक व्यवस्थाअनुसार एमालेले प्रतिनिधिसभामा १८ जना महिला भए पनि हुनेथियो ।
समानुपातिकको ३४ सिटसमेत जोडेर संघीय संसदमा एमालेका ९२ सिट हुन्छ, जसको एक तिहाई अर्थात ३१ जना महिला हुनुपर्छ । प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित ४४ मध्ये ४ जना महिला छन् भने राष्ट्रियसभामा एमालेका १५ सदस्यमध्ये ९ जना महिला छन् । अर्थात समानुपातिकबाट चयन हुने ३४ मध्ये १८ जना महिला हुँदा पनि आवश्यक ३३ प्रतिशत पुग्थ्यो ।
खासआर्य महिलाबाट मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनीता बरालको नाम पठाइएको छ । एमालेले पठाएको समानुपातिक सांसदको सूचीमा उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी नैनकला पनि छिन् । ओली सरकारमा झण्डै एक महिना सञ्चारमन्त्री बनेकी थापालाई यो पटक आदिवासी जानजाति महिलाको पहिलो नम्बरमा राखिएको थियो ।
उनीसँगै सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ र सरस्वती सुब्बाको नाम पठाइएको छ । यस्तै चुनावको मुखमा जनता समाजवादी पार्टी (जसपा) छाडेर एमाले प्रवेश गरेकी अमृता अग्रहरि पनि एमालेबाट सांसद बनेकी छन् । मधेसी महिलामा अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि र प्रतीक्षा तिवारी मुखिया तथा थारुबाट आश्माकुमारी चौधरी र शान्ति चौधरीको नाम पठाइएको छ ।
एमालेले १२ जना पुरुषलाई समानुपातिक सांसद बनाउन सिफारिस गरेको छ, जसमा नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल समेत छन् । उनी खासआर्यको दोस्रो नम्बरमा थिए । एमालेले खसआर्य पुरुषतर्फ स्थायी कमिटी सदस्य रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाहीको नाम पठाएको छ ।
आदिवासी जनजाति पुरुषतर्फ व्यवसायी देवीप्रसाद भट्टचनसँगै जसपा छाडेर एमाले आएका हेमराज राई र कालुराम राईको नाम पठाएको छ । आदिवासी जनजातितर्फ पुरुषमा देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई परेका छन् भने महिलातर्फ नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा परेका छन् ।
खसआर्य महिलातर्फ मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनीता बराल परेका छन् । थारुतर्फ आश्माकुमारी चौधरी, शान्ति चौधरी, दलिततर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा, रुक्मणी राना बराइली, हर्कमाया विश्वकर्मा परेका छन् । मधेशीतर्फ गंगाप्रसाद यादव, अमृतलाल राजवंशी, विना देवी, अमृता अग्रहरि, प्रतीक्षा तिवारी मुखिया रहेका छन भने मुस्लिमतर्फ सराज अहमद खान रहेका छन् ।
यस्तै नेकपा माओवादी केन्द्रले समानुपातिक पद्धतिबाट चयन हुने प्रतिनिधिसभा सदस्यको नाम टुंगो लगाएको छ । १४ सदस्य चयन भएकामा दुई जना मात्र पुरुष चयन भएका छन् भन् १२ जना महिला रहेका छन् ।
आदिवासी जनजाति महिलातर्फ दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल, छिरिङ ल्यामु लामा तामाङ रहेका छन भने खस आर्यको पुरुषतर्फ हितराज पाण्डे, महिलातर्फ ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी शर्मा रहेका छन् । थारुतर्फ रुपासोसी चौधरी, दलिततर्फ रणेन्द्र बराली, सुशीला श्रीपाली ठकुरी र मधेशीतर्फ मीना यादव तथा अमरावती देवी यादव रहेका छन भने पिछडिएको क्षेत्रबाट कल्पना मिया परेकी छन् ।
यसैगरी प्रतिनिधिसभामा चौथो शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक पनि निर्वाचन प्रणालीतर्फबाट निर्वाचित हुने सांसदको नामावली टुंगो लगाएको छ । शनिबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकबाट नामावली टुंगो लगाएको हो ।
रास्वपाले दलिततर्फ सन्तोष परियार र शिव नेपालीलाई छानेको छ । आदिवासी÷जनजातितर्फ डा. ढाकाकुमार श्रेष्ठ, इन्दिरा रानामगर र सुमना श्रेष्ठ लाई सांसद बनाएको छ । खसआर्यतर्फ डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी र विनीता कठायत परेका छन् ।
यस्तै मधेसीतर्फ लक्ष्मी तिवारी र मनिष झा रहेका छन भने थारूतर्फ अशोककुमार चौधरी र मुस्लिमतर्फ असिम शाह परेका छन् । यो सूची लिएर शनिबार पार्टीका पदाधिकारी निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् । पार्टीले टुंगो लगाएको नामावली पेस गरेपछि आयोगले रुजु गरी ठिक भएमा निर्वाचित भएको घोषणा गर्नेछ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको समानुपातिकतर्फ १३ सिट जितेको छ । यो पार्टीले प्रदेशसभामा उमेदवारी दिएको थिएन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाममा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार, झलनाथ थिए चुनावी कमाण्डर !
बैशाख १८, २०८१ मंगलबार
इलाम–२ मा रास्वपाको जमानत जफत
बैशाख १८, २०८१ मंगलबार
इलाम- २ मा एमालेका सुहाङ नेम्वाङ विजयी
बैशाख १८, २०८१ मंगलबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार
उच्च शिक्षा ऐनलाई संशोधन गर्न अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय
बैशाख २४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २४, २०८१ सोमबार