महिला हिंसाविरुद्ध एकजुट हुन एनआरएनएको आग्रह
नेपालबहस संवाददाता
मंसिर २५, २०७९ आइतबार १८:५९:३९
२५ मंसिर, लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)की कार्यकारी अध्यक्ष रविना थापाले समाजमा मानसिक हिंसाजन्य घटना बढ्दो अवस्थामा रहेको बताएकी छन् ।
उनले गैरआवासीय नेपाली संघको महिला विभागले शनिबार आयोजित लैंगिक सचेतना तथा महिला नेतृत्वमा चुनौती विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाजले अझै महिलाको नेतृत्वलाई सहज रूपमा स्वीकार नगरेको विचार व्यक्त गरिन् ।
थापाले समाजमा रहेका लैंगिक आधारमा शारीरिक, मानसिक, सामाजिक सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरि हुने हिंसालाई सधैंको लागि अन्त्य गर्न जोड दिइन् ।
गैरआवासीय नेपाली संघको महिला उपाध्यक्ष यसमिन बेगमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा थापाले नेपालमा लैंगिक हिंसाबाट प्रत्येक चार महिलामा एक जनाभन्दा बढी प्रभावित हुने गरेको बताइन् । उनले समाजमा महिलाको क्षमतामा प्रश्न गर्ने, नचाहिँदा अफवाह फैलाउनेलगायतका मानसिक हिंसाजन्य घटना बढ्दो रहेको बताइन् । थापाले समाजिक हिंसाज्य घट्नालाई अन्त्य गर्नको लागि एकजुट हुनु आवश्यक रहेकोको बताइन् ।
संघका अध्यक्ष डा। बद्री केसीले विकसित समाजमा समेत पर्याप्त रूपमा महिला हिंसा रहेको बताउँदै महिला हिंसा समाजमा विकृतिको रूपमा रहेको बताए । उनले महिलामा हुने हिंसाको अन्त्य गर्न जनसचेतना आवश्यक रहेको बताए ।
एमाले सांसद विद्या भट्टाईले लैगिक असमनताकै कारण लैगिक हिंसा हुने हुँदा सचेतनाका कार्यक्रमले सहयोग गर्ने विचार व्यक्त गरिन् । उनले नेपालमा साइबर क्राइम, यौन हिंसा निर्मूल गर्न कडा कानुनको अभाव रहेको बताइन् । उनले हिंसा रोक्न महिलाहरुको सक्रिय सहभागिताको जरुरी र युवा पुस्ताका महिलाहरुको राजनीतिमा सहभागिताले समाज परिवर्तनमा सहयोग पुग्ने बताइन् ।
अर्की सांसद जुली महतोले महिला समावेशी भएर नेतृत्वमा आउदा पनि निर्णायक भूमिकामा महिलाको सहभागिता अझै कम रहेको बताइन् । उनले सामाजिक सिहंसाको अन्त्य गर्न महिलाले नेतृत्व लिनु पर्नेमा जोड दिइन् । महतोले गैरआवासीय नेपालीले विदेशका अन्य देशमा भएका महिला हिंसाविरुद्ध सम्बन्धी कानुनबमोजिम पनि नेपालमा हुने हिंसा अन्त्य गर्न सुझाव दिन सक्ने बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार