नयाँ पार्टी खोल्दै स्वतन्त्र सांसद प्रभु साह
नेपालबहस संवाददाता
मंसिर २७, २०७९ मंगलबार २१:४७:३९
२७ मंसिर, काठमाडौं । रौतहट ३ बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रतिनिधिसभा सदस्यमा विजयी प्रभु साहले नयाँ पार्टी खोल्ने भएका छन् ।
निर्वाचनको मनोनयन दर्ता गर्ने क्रममा एमाले छाडेर चुनाव चिन्ह चापाकल लिएर स्वतन्त्र उम्मेदवारी दर्ता गरेका साहले भारी मतान्तरले विजयी बने । उनी अहिले नयाँ पार्टी खोल्न छलफल चलाइरहेका छन् ।
‘नयाँ पार्टी खोल्ने विषयमा छलफल चलिरहेको छ । तर के नाम राख्ने भन्ने निर्णय भइसकेको छैन,’ स्वतन्त्र सांसद साहले भने । तत्कालीन नेकपा सरकारको पालामा साह माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका थिए ।
निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएपछि एमालेले उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिसकेको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मधेश प्रदेशमा साहको बलियो पकड देखिएको छ । रौतहट २ मा उनी निकट किरण साह विजयी भएका छन् ।
मोरङ ४ मा निर्वाचित योगेन्द्र मण्डलसमेत प्रभु साह निकट मानिन्छ । त्यसैले उनीसँग तीनजना प्रतिनिधिसभा सदस्य छन् । मधेस प्रदेशमा प्रभु साह निकट तीन–चारजना निर्वाचित छन् । सबैतिरबाट पार्टी खोलेरै राजनीति गर्न सुझाव आएकाले नयाँ पार्टी गठनको आन्तरिक तयारीमा लागेको साहको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
सन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
के हो वेशी योग, कसरी बन्छ कुंडलीमा ?
जेठ २, २०८१ बुधबार
सेतीमा पुल निर्माण अलपत्र अवस्थामा
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
दिपेन्द्र आइसीसीको टी-२० वरियतामा टप टेनमा
जेठ २, २०८१ बुधबार
ऐतिहासिक कोतगढीसँगै देखिएको दैलेख सदरमुकाम
जेठ २, २०८१ बुधबार