विदेशमा रहेका नेपालीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न संघले गरेको पहल सफल
नेपालबहस संवाददाता
पुस ६, २०७९ बुधबार २०:२१:९
६ पुष, काठमाडौं । गैरआवासीय नेपाली संघकी अध्यक्ष रबिना थापाले वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई समेत सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने गरि एक दशक भन्दा बढी समयदेखि संघले गरि आएको पहलले सार्थकता पाएको बताएकी छिन ।
सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुको सामाजिक सुरक्षा योजना कार्यविधि सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष थापाले संघले लगातार नेपाल सरकार र सम्बन्धित निकायसंग गरेको पहलले मुर्तरुप लिएको बताइन ।
आप्रबाशनलाई सुरक्षित र मर्यादित बनाउने पछिल्लो यो कदम प्रभावकारि हुने उनको भनाइ छ । संघले सरकारसंग विभिन्न चरणमा छलफल, समन्वय गर्दै आएको थियो । सरकारले कार्यविधि ल्याएसंगै बैदेशिक रोजगारीमा रहेका लाखौं नेपाली श्रमिक पनि सामाजिक सुरक्षा कोषमा औपचारिक रुपमा जोडिन बाटो खुलेको भन्दै थापाले सरकारले गरेको यो निर्णयले बिदेशमा रहेका श्रमिकलाई राहत मिलेको बताइन।
अध्यक्ष थापाले भनिन, ‘संघकै तर्फबाट पटकपटक सामाजिक सुरक्षा कोष हुनुपर्छ भन्ने विषयको उठान गर्दै आएको थियो । त्यसको सम्बोधन नेपाल सरकारले गरेको महसुस हामीले गरेका छौं ।’
हाल, वैदेशिक रोजगारीका क्षेत्रमा विस्तार गरी योगदानमा आधारित सामाजिक सुरक्षालाई व्यापक र प्रभावकारी बनाउँदै अर्थतन्त्रको एक संवाहकको रूपमा स्थापित गर्नको लागि नेपाल सरकारसंग संघले सहकार्य समेत गरिरहेको भन्दै अध्यक्ष थापाले आगामी दिनमा पनि नेपाल सरकारसंग सहकार्य र समन्वय गरी यो कार्यको प्रचार प्रसार, अभिमुखीकरण एवं समयसापेक्ष योजना बनाई त्यसको कार्यक्रम गर्ने लगायतका कार्यमा हामी नेपाल सरकारको सहयात्री बन्ने बताइन।
कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले विदेशमा बस्ने नेपालीलाई योगदानमा आधारित कोषमा आवद्व हुन आवहान गरे ।
कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले एनआरएनएको निरन्तर सहकार्य र पहलको लागि धन्यवाद व्यक्त गर्नुका साथै आगामी दिनमा पनि सहयोग र सहकार्यका लागि आग्रह गरे । उनले यस कार्यकमा सहयोग गर्नु हुने संघका पदाधिकारीहरु लगायत सम्पूर्ण अग्रज तथा अभियन्ताहरु प्रति हार्दिक धन्यवाद प्रकट गरे ।
कार्यक्रममा नेपाल सरकारका प्रतिनिधिहरु, सरकोकारवालाहरु, संचारकर्मीहरु लगायत गैरआवासीय नेपालीहरुको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार