महोत्तरीमा नवनिर्मित सिनियर प्रहरी अधिकृत निवासको उद्घाटन
नेपालबहस संवाददाता
पुस ७, २०७९ बिहिबार २३:१०:२९
७ पुष, महोत्तरी । मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँले जिल्ला प्रहरी कार्यालय महोत्तरीको परिसरमा नवनिर्मित सिनियर प्रहरी अधिकृत निवासको बुधबार आयोजित कार्यक्रमबीच उद्घाटन गरेका छन ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक खाँले भौतिक पूर्वधारमा सुधार भएजस्तै प्रहरी कर्मचारीले आफ्नो आचरण र व्यवहार सुधार गर्नुपर्ने उल्लेख गर्दै कार्यालयमा आउने सेवाग्राहीलाई प्रभावकारी प्रहरी सेवा प्रदान गर्नुपर्ने बताए ।
नागरिकले सुरक्षा मापदण्ड अपनाई सुरक्षाप्रति सचेत रहदा प्रहरीले प्रदान गर्न सुरक्षा सेवामा थप सहज हुने उल्लेख गर्दै प्रहरीको काम कारवाहीलाई अझ बढी चुस्त दुरुस्त बनाउन नागरिकले समाजमा हुने हरेक गैर कानुनी क्रियाकलापको सूचना प्रहरीलाई दिनुपर्ने उनले बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले धन्यवाद मनत्व्य व्यक्त गरेका थिए । उक्त सिनियर प्रहरी अधिकृत निवास नेपाल सरकारको नियमित बजेटबाट १ करोड ४० लाख ५६ हजार ५ सय ३४ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उक्त कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु, स्थानीय प्रतिनिधि, संचारकर्मी, पूर्व प्रहरी संगठन महोत्तरीका पदाधिकारी लगायता प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै, ५० औँ स्थानमा सूचीकृत
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
जेठ १, २०८१ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
विष्णुमति करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो
जेठ २, २०८१ बुधबार
किसानलाई अनुदानमा ५४ हजार माछाका भुरा वितरण
जेठ २, २०८१ बुधबार
उदीपुर-रिठ्ठेबगर-नौथर सेरा सडक निर्माण सुरु
जेठ २, २०८१ बुधबार
महानगरको पार्क र ट्राफिक आइल्याण्डको सुन्दरतामा काम गर्न ११० जना परिचालन
जेठ २, २०८१ बुधबार
बैतडीमा निःशुल्क आँखा शिविरबाट दुई हजारभन्दा बढी सेवाग्राही लाभान्वित
जेठ २, २०८१ बुधबार