वित्तीय लगानी विरूद्धको सफ्टवेयर कार्यान्वयन अन्तरक्रिया कार्यक्रम सम्पन्न
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार १७:५९:४०
१५ पुष, काठमाडौं । नेपाल बिमा प्राधिकरणको आयोजनामा बुधबार काठमाडौंमा सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापबाट हुनसक्ने वित्तीय लगानी विरूद्धको अन्तर्राष्ट्रिय सफ्टवेयर ‘गोएमएल’ बीमा कम्पनीहरुमा कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
बिमा क्षेत्रमा हुनसक्ने सीमा तथा शङ्कास्पद लगानी नियन्त्रण गर्नका लागि सबै बिमा कम्पनीहरूले गोएमएल सफ्टवेयर कार्यान्वयनमा ल्याई शङ्कास्पद कारोवारहरूका बारेमा अनिवर्यारूपमा समयमा नै वित्तीय जानकारी इकाई ‘एफआईयु’ मा पठाउनुपर्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयनमा जोड दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा क्षेत्रमा शङ्कास्पद कारोवार नियन्त्रणका लागि तर्कबितर्क नगरी त्यसको गम्भीरतालाई बुझेर कानून बमोजिम काम गर्न बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूलाई निर्देशन दिए ।
अध्यक्ष सिलवालले बिमा क्षेत्रमा शङ्कास्पद कारोबार हुन नदिनका लागि वित्तीय जोखिमाङ्कनमा सुधार गर्न, लक्ष्यमा मात्र जोड नदिई गुणस्तरीय कारोवार गर्न, शङ्कास्पद लगानीका बारेमा जानकारी दिन परिपालन अधिकृतको मात्र भर नपरी प्रमुख कार्यकारी अधिकृत स्वयम् जवाफदेही बन्न र आम्दानीको कम्तीमा पनि २ प्रतिशत रकम कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि छुट्याई कर्मचारीमा विज्ञता विकास गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।
नेपाल राष्ट्र बैंक, वित्तीय जानकारी इकाई ‘एफआईयु’ का प्रमुख दीर्घ बहादुर रावलले कानूनी र आर्थिकरूपले उद्देश्य स्पष्ट नभएका लगानी जोखिमयुक्त हुने भएकाले बिमा कम्पनीहरूले त्यसतर्फ ध्यान दिनुपर्ने र कारोवारमा शङ्का लाग्ने वित्तिकै वित्तीय जानकारी इकाईमा जानकारी दिनुपर्ने बताए । कार्यक्रममा नेपाल बिमा प्राधिकरणका उपनिर्देशक हृदयेश्वर पण्डितले बिमा क्षेत्रमा शङ्कास्पद लगानी भित्रिन नदिनका लागि बिमा कम्पनीहरूले गर्नुपर्ने कार्यहरू सम्बन्धी प्रस्तुती गरेका थिए ।
नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले सञ्चालन गरेको कार्यक्रममा नेपाल जीवन बिमक संघका अध्यक्ष पोषकराज पौडेल र नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदी तथा निर्देशक पूजन ढुङ्गेल अधिकारी र जीवन बिमा कम्पनी, निर्जीवन बिमा कम्पनी तथा पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूको सहभागिता रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको सजाय
बैशाख १३, २०८१ बिहिबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
भरतपुरका होटलले पर्यटकलाई छुट दिने
बैशाख १४, २०८१ शुक्रबार
जापानका प्रधानमन्त्रीले फ्रान्स, ब्राजिल र पाराग्वेका भ्रमण गर्ने
बैशाख १४, २०८१ शुक्रबार
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
बैशाख १४, २०८१ शुक्रबार
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
बैशाख १४, २०८१ शुक्रबार
अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा महिला पक्राउ
बैशाख १४, २०८१ शुक्रबार