कृषि मेलामा ५१ किसान पुरस्कृत, ४५६ कृषिजन्य वस्तु प्रदर्शन
नेपालबहस संवाददाता
पुस १५, २०७९ शुक्रबार २०:२२:३१
१५ पुष, खोटाङ । खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले पालिकास्तरीय कृषि मेला प्रदर्शनीको आयोजना गरेको छ । किसानको प्रोत्साहन र कृषि पेशाको सम्मानमा गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाले ‘कृषि क्षेत्रको आधुनिकरणका लागि व्यवस्थित पूर्वाधार, प्रविधिमैत्री कृषि उत्पादन ऐंसेलुखर्कको आधार” भन्ने नारासहित बुधबार र बिहीबार कृषि मेला प्रदर्शनीको आयोजना गरेको हो ।
कृषकले उत्पादन गरेका कृषि उपजलाई एक ठाउँमा भेला गरेर प्रदर्शन एवं बजारीकरण गर्ने, कृषि उपजबिचमा प्रतिष्पर्धा गराउने तथा एक ठाउँका कृषकलाई अर्को ठाउँका नमूना कृषकको सिको गराउँदै समग्र किसानलाई व्यवसायीक बन्नका लागि प्रोत्साहित गर्ने लक्ष्यका साथ कृषि मेला प्रदर्शनीको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गिरेन्द्रबहादुर राईले बताए । विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार गर्दै कृषि उत्पादनका लागि किसानबीच प्रतिष्पर्धात्मक वाताबरण बनाउने लक्ष्यका साथ गाउँपालिकाले २०७४ सालदेखि नै पालिका स्तरिय कृषि मेला प्रदर्शनीको आयोजना गर्दैआएको छ ।
ऐंसेलुखर्क बजारको हटियाडाँडामा आयोजना गरिएको कृषि मेला प्रदर्शनीमा गाउँपालिकाका १६१ कृषकले ४५६ कृषिजन्य वस्तु ल्याएका थिए । टाढा–टाढाबाट आएका किसानले खाद्यान्न बाली, काउली परिवारका बाली, जरे बाली, टमाटर, फर्सी, लहरे बाली, हरियो तरकारी, दलदन, सुन्तला जातको फलफुल, किवी, केरा, आलु, निर्यात प्रवर्द्धन बाली, आलु, तेलहन बाली, मसला बाली, च्याउ, कन्दमुल र विविध बाली प्रदर्शनीमा राखेको कृषि तथा पशु शाखाले जनाएको छ ।
कृषि मेलामा गाउँपालिकाका ऐसेलुखर्क, महेश्वरी, सुंदेल, दिप्सुङ, राखाबांदेल, जलेश्वरी लगायतका ठाउँका किसानले ल्याएका तरकारी, फलफुल, खाद्यान्न, तेलहनरदलहन तथा नगदे बाली अन्तरगतका १७ स्टल राखिएको थियो । कृषि मेलालाई सयौं स्थानीले अवलोकन गरेका छन् ।
‘कृषकले उत्पादन गरेका कृषि उपजविचमा प्रतिष्पर्धा गराउने, कृषकलाई व्यवसायीक बन्न प्रोत्साहित गर्ने र नमूना कृषकको सिको गराउने लक्ष्यका साथ हरेक वर्ष कृषि मेला प्रदर्शनीको आयोजन हुँदैआएको छ,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘यसले कृषकलाई प्रतिष्पर्धामा सहभागी गराएर र पुरस्कृत हुने अवशर पनि दिलाएको छ ।’
यी हुन पुरस्कृत ५१ किसान
कृषि मेला प्रदर्शनीमा १७ विद्याका प्रथम, दोस्रो र तेस्रो गरी ५१ किसानलाई क्रमशः तीन हजार, दुई हजार र एक हजारका साथमा पुरस्कृत गरिएको छ । कृषि मेला प्रर्दशनीमा खाद्यान्न बालीतर्फ जिरामायाँ राई प्रथम, राजेन्द्र राई दोश्रो र सन्तमायाँ विश्वकर्मा तेश्रो, दलहनतर्फ मिनबहादुर राई प्रथम, हिमकला राई दोस्रो र जमुना राई तेस्रो, तेलहनतर्फ अडिमान विश्वकर्मा प्रथम, खड्गबहादुर श्रेष्ठ दोस्रो र लिलादेवी राजभण्डारी तेस्रो, सुन्तला जातका फलफुलतर्फ हिमकला राई प्रथम, तारासुर राई दोस्रो र दुर्गा राई तेस्रो भएका छन् ।
यस्तै, आलुतर्फ डिल्ली राजभण्डारी प्रथम, राममायाँ दाहाल दोश्रो र भूपेन्द्र राजभण्डारी तेश्रो, केरातर्फ सरस्वती अधिकारी पहिलो, भद्रचन्द्र राई दोस्रो र भक्तिमायाँ राई तेस्रो, किबीतर्फ अंगत राई प्रथम, प्रेमबहादुर राई दोस्रो र कमला राई तेश्रो, निर्यात प्रवर्द्धन बालीतर्फ डिल्लीमायाँ राई प्रथम, हिमकला राई दोस्रो र नरबहादुर पराजुली तेस्रो, गोलभेडातर्फ कुलबहादुर राई प्रथम, डिल्लीराम लम्साल दोस्रो र दिलबहादुर राई तेस्रो, काउलीतर्फ सरिता श्रेष्ठ पहिलो, निरबहादुर तामाङ दोस्रो र कैलास राई तेस्रो, नगदेबालीतर्फ डिल्लीराम लम्साल प्रथम, हरिता राई दोस्रो र नबिना श्रेष्ठ तेस्रो भएका छन् ।
तरकारी बालीतर्फ गोविन्द वन पहिलो, माइते वन दोश्रो र कमला राई तेस्रो, जरेबालीतर्फ मिनबहादुर राई प्रथम, दोस्रो राजकुमार श्रेष्ठ, तेस्रो गोविन्द वन तेश्रो, मसला बालीतर्फ कमला राई प्रथम, कर्णबहादुर राई दोस्रो र मिनबहादुर राई तेस्रो, कन्दमूलतर्फ दिलबहादुर राई प्रथम, नौलसिंह खुलाल दोस्रो र विष्णुमाया पौडेल तेस्रो, च्याउतर्फ टेकबहादुर राई प्रथम, अन्यबालीतर्फ भूपेन्द्र राजभण्डारी प्रथम, तारासुर राई दोस्रो र सुबोध विश्वकर्मा तेस्रो भएका छन् ।
कृषि पेशाको व्यवसायीकरण गर्दै कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्नका लागि कृषि मेला प्रदर्शनीलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेह्रथुममा आजदेखि ढाका महोत्सव सुरु
जेठ ४, २०८१ शुक्रबार
जेठमा ‘हेटौंडा कला महोत्सव’ आयोजना हुने
बैशाख २५, २०८१ मंगलबार
गोरखामा सवा लाख रोट महोत्सव हुने
बैशाख २५, २०८१ मंगलबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार
किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह
जेठ ६, २०८१ आइतबार
बुटवलमा एम्बुलेन्सको ठक्करबाट महिलाको मृत्यु, दुईजना घाइते
जेठ ६, २०८१ आइतबार
विन्डवार्ड्ससँग अन्तिम खेलमा नेपाल पराजित
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै
जेठ ६, २०८१ आइतबार