खुल्ला ब्याडमिन्टन प्रतियोगितामा थापाको टिम प्रथम
नेपालबहस संवाददाता
पुस १७, २०७९ आइतबार १९:४१:२३
१७ पुष, बैतडी । पुषे १५ पर्वको अवसरमा बैतडीमा आयोजना गरिएको खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आनन्दसिंह थापा र कैलाश थापाको टिम प्रथम भएको छ । राजबहादुर बोहरा र प्रकाश विष्टको टिम दोस्रो भएको छ ।
दिनेश ठगुन्ना र चन्द्रसिंह डोबालको टिम तृतीय हुँदा अंकित जोशी र हरिश भण्डारीको टिमले सान्त्वना पुुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार ट्रफी, मेडल र प्रमाणपत्र दोस्रो हुनेलाई नगद १० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो र सान्त्वना हुने टिमलाई नगद पाँच हजार मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
खेलकूद विकास समितिका दशरथ चन्द नगर अध्यक्ष भुपेन्द्र चन्दको अध्यक्षतामा भएको समापन समारोहका प्रमुख अतिथि दशरथ चन्द नगरपालिकाका मेयर पुुष्करराज जोशी ९लख्खाभाइ० थिए । विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी सुुरेश पन्थी थिए ।
कार्यक्रममा सातजना राष्ट्रिय खेलाडीलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा सरप ठगुन्ना, दौलत खत्री, जनकराज भट्ट, लक्ष्मीराज भट्ट, गोबर्धन राना, चन्द्रसिंह ठगुन्ना र राजबहादुर बोहोरा छन् । उनीहरुलाई दोसल्ला र कदरपत्रले सम्मान गरिएको हो । पुुषे १५ पर्व बैतडीसहित सुुदूरपश्चिममा ‘ठूली रात’ पर्वमा रुपमा समेत विशेष तवरले मनाइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा शुक्रबारदेखि खुला ब्याडमिन्टन प्रतियोगिता हुने
चैत ५, २०८० सोमबार
बाबियाचौरमा तयार भयो २१ लाखमा ब्याडमिन्टन कर्भड हल
चैत १८, २०७९ शनिबार
नेपाली ब्याडमिन्टन टोली भारत जाँदै
भदौ ३, २०७९ शुक्रबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
भृकुटीमण्डपमा भोलीदेखि १७ औं नेपाल र चीन तिव्वत व्यापार मेला
बैशाख १६, २०८१ आइतबार
ब्याट्सम्यान लोकेस बम ब्याटिङका क्रममा घाइते
बैशाख १६, २०८१ आइतबार
नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु
बैशाख १६, २०८१ आइतबार
छबिसपाथिभरा गाउँपालिकाबाट बझाङमा मतगणना सुरू
बैशाख १६, २०८१ आइतबार
सिरहाका १३ पालिका दमकल विहीन
बैशाख १६, २०८१ आइतबार
के सुविधा थपिए लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?
बैशाख १६, २०८१ आइतबार