बाबियाचौरमा तयार भयो २१ लाखमा ब्याडमिन्टन कर्भड हल
नेपालबहस संवाददाता
चैत १८, २०७९ शनिबार १४:३७:१०
१८ चैत, गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा रु २१ लाखमा कर्भड हल निर्माण भएको छ । ब्याटमिन्टनसहित मार्सल आर्टका खेलसमेत सञ्चालन गर्न मिल्ने गरी निर्मित कर्भड हलको गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गरेका हुन ।
गाउँपालिकाको रु ११ लाख, पूर्वाधार कार्यालयको रु पाँच लाख र २ को वडा कार्यालयबाट रु पाँच लाख गरी रु २१ लाखको आर्थिक सहयोगमा उक्त कर्भड हल निर्माण भएको हो ।
गाउँपालिका अध्यक्ष रोकाले समुदायमा आवश्यक सबै पूर्वाधारमा पालिकाको बजेटबाट मात्रै सम्भव नभएकाले अन्य सरकारी निकाय, प्रदेश र सङ्घीय सरकारबाट समेत बजेटको आवश्यकता रहेको बताए ।
कर्भड हल बाहिर पार्किङ, व्यवस्थित शौचालयसहितको संरचनाका लागि समेत मङ्गला युथ क्लबले बजेट माग गरेको छ । कर्भड हललाई आवश्यकताअनुसार संरचना थप गरिने जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगुल्मीमा शुक्रबारदेखि खुला ब्याडमिन्टन प्रतियोगिता हुने
चैत ५, २०८० सोमबार
खुल्ला ब्याडमिन्टन प्रतियोगितामा थापाको टिम प्रथम
पुष १७, २०७९ आइतबार
नेपाली ब्याडमिन्टन टोली भारत जाँदै
भदौ ३, २०७९ शुक्रबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
तीन करोड मानिसको स्वास्थ्यमाथि खेलबाड गर्ने चौधरी समूहलाई २ लाखमा उन्मुक्ति
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
हिमालयन बैंकका सीईओको वार्षिक तलब, भत्ता २ करोड माथि, शेयरधनीलाई छैन लाभांश !
बैशाख १५, २०८१ शनिबार
हेमन्त ‘कान्छा’ र लोचन भट्टाराईको प्रस्तुतिमा पुनः ‘जाउँ साइँली बेनी बजार’ रेकर्ड
बैशाख १५, २०८१ शनिबार
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ
बैशाख १६, २०८१ आइतबार
दाङको राजपुरमा आगलागी हुँदा २४ घर र १० गोठ जले
बैशाख १६, २०८१ आइतबार
मधेशका विना विभागीय मन्त्री साहले वन मन्त्रालय नलिने
बैशाख १६, २०८१ आइतबार
पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
बैशाख १६, २०८१ आइतबार
वेस्ट इन्डिज ए सँग नेपाल पराजित
बैशाख १६, २०८१ आइतबार
इलाम: कांग्रेस, ११४५, एमाले १०६३, स्वतन्त्र ३११ र रास्वपाः २०९ मत
बैशाख १६, २०८१ आइतबार