प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने प्रतिबद्धता
नेपालबहस संवाददाता
पुस २२, २०७९ शुक्रबार १९:२१:५५
२२ पुष, विराटनगर । प्रदेश नं १ का प्रदेशसभा सदस्य जीवन अचार्यले मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“म हुर्के बढेको ठाउँमा स्थापना भएको विश्वविद्यालयको संरक्षणमा सहयोग गर्ने जिम्मेवारी मेरो पनि हो यसैले सबैको योजनाअनुसार म अगाडि बढ्छु”, सांसद आचार्यले भने।
मोरङ निर्वाचन क्षेत्र नं ६ प्रदेशसभा १ बाट निर्वाचित नेकपा ‘माओवादी केन्द्र’का सांसद आर्यायले देशकै पहिलो प्राविधिक विश्वविद्यालय आफ्नै क्षेत्रमा स्थापना भएको र त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने गरी स्तरोत्रति गर्न सहयोग गर्ने प्रतिबद्धता व्यक्ति गरेका हुन ।
नवनिर्वाचित सांसदलाई विश्वविद्यालयले आज बधाई ज्ञापन गर्ने कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. सुभाषश्री आचार्यले सङ्घ र प्रदेश सरकारसँगै सबै दल र स्थानीयको सहयोग प्राप्त गर्न सके देशकै पहिलो एमटियु केही वर्षमा सार्क स्तरमा परिचत हुनसक्ने बताइन ।
तत्कालै एउटा प्रादेशिक अस्पताल हस्तान्तरण नहुँदा स्वास्थ्यतर्फको पठनपाठन गर्न नसकेको उनको भनाइ थियो । उनले एमटियुले चाँडै हेल्थ पोलिसी एन्ड म्यानेजमेन्ट, रेल्वे र हाइटेक ब्रिजदेखि टनेल, इन्फ्रास्ट्रक्चरल इन्जिनियरिङलगायत विषयहरु पठनपाठन गराउने अन्तिम तयारी भइरहेको जानकारी दिइन ।
बधाई कार्यक्रममा विश्वविद्यालयका संरक्षण समिति सदस्य तथा सभासद् सत्यनारायण चौधरी, राजन केसी, बलभद्र थारू, माओवादी केन्द्र मोरङका संयोजक विजय विश्वासलगायतले विश्वविद्यालयको स्तरोत्रति भएमा देश विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।
प्रदेश सरकारले २०७६ मा कानुन बनाएर मोरङको बूढीगङ्गा गाउँपालिका(४ हात्तीमुढामा केन्द्रीय कार्यालय रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा गत शैक्षिक सत्रदेखि स्नातक तहमा सिभिल र इलेक्ट्रिक एन्ड इलेक्ट्रिोनिक्स विषयमा पठनपाठन भइरहेको छ । विश्वविद्यालयले आगामी १० वर्षभित्र विभिन्न १० भन्दाबढी प्राविधिक विषयमा पिएचडीसम्मको पठनपाठन सुरु गराउने लक्ष्य लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा, खड्का, गौतम र सिंहको नाम सिफारिस
बैशाख ७, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
नेपालबहस संवाददाता
जेठ ५, २०८१ शनिबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपतिको मृत्युपछि अब के हुन्छ ?
जेठ ७, २०८१ सोमबार
राफाहबाट आठ लाख मानिसहरू विस्थापित
जेठ ७, २०८१ सोमबार
इरानी राष्ट्रपति रायसीको निधनप्रति विश्वका नेताद्वारा शोक व्यक्त
जेठ ७, २०८१ सोमबार
बजेट अभावमा खानेपानी आयोजना निर्माण ठप्प
जेठ ७, २०८१ सोमबार
ऐतिहासिक पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत
जेठ ७, २०८१ सोमबार
निर्माण कम्पनीले काम नगर्दा मोटर गुड्ने पुल अलपत्र
जेठ ७, २०८१ सोमबार