इसेवाबाट दैनिक रू एक भन्दा कममा नै पूर्ण हेल्थ केयर खरिद गर्न सकिने, एक लाखभन्दा बढिको सुविधा लिन पाइने
नेपालबहस संवाददाता
पुस २७, २०७९ बिहिबार २:०:५४
२७ पुष, काठमाडौंं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट दैनिक रू एक (रू १) भन्दाकममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ । इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितब्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो ।
यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाईल एप्स्मा गइ इसेवा केयर सेवा अन्तर्गत दैनिक रू १ भन्दा पनि कमका दरले एक वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिने छ । जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिनेछ । हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई मात्र दैनिकरु.१ मादुई लाख ३०हजार सम्मको बीमा दाबी गर्न सकिने छ । यस प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परिक्षण तथा चोट पटक तथा दुर्घटना पछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबीगर्न सकिने छ ।
यस प्याकेजमा २४–घण्टा भन्दा बढीको अस्पतालमा भर्ना भएको प्रत्येक दिनको लागि खरिदकर्तालाई भुक्तानी गरिएको एक निश्चित दैनिक भत्ताको समेत व्यवस्था गरिएको छ । इसेवा केयर खरिद गरेका ग्राहकहरूलाई दुईलाख ३० हजार सम्मको स्वास्थ्य व्यवस्था तथा दुर्घटना उपचार, रू एक सय इसेवा रिवार्ड पोइन्ट, गणेशमान सिंह अस्पताल दन्त इकाईमा एक पटक निःशुल्क परामर्श र एउटा स्केलिंग सेवामा रु. ५०० छुट, आवरन छाला र कपाल क्लिनिकमा दश प्रतिशत छुट द ब्यूटी बार नेपालमा बीस प्रतिशत छुट जस्ता सुविधा रहेका छन् ।
यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स मार्फत अस्पतालको बेड चार्जमा दश हजार रूपैयाँसम्म कभर हुने, मृत्यु र अशक्तता खर्च एकलाख रुपैयाँसम्म, दुर्घटना चिकित्सा खर्च एक लाखसम्म, अन्त्येष्टि यातायात खर्च एक लाखसम्म,अन्त्येष्टि खर्च दश हजारसम्म जस्ता सुविधा रहेका छन् । यसैगरी आकस्मिक चिकित्सा कवरेजतर्फ दुर्घटनाको कारण हुने कुनै पनि उपचार खर्च एक लाखसम्म,पार्थिव शरिर व्यवस्थापन तथा किरिया खर्चतर्फ बीमितको मृत्यु भएको खण्डमा बीमितको पार्थिव शरिर व्यवस्थापन तथा किरिया खर्च दशहजार रूपैयाँ,. स्थायी पूर्ण अशक्ततातर्फ बीमा गरिएको अवधीभित्र भएको दुर्घटनाको क्षतिपूर्ति प्रदान गरिने छ ।
साथै अस्थायी पूर्ण अशक्ततातर्फ दुर्घटनाका कारण बीमकले आफ्नो व्यावसाय पूर्ण रुपमा सन्चलान गर्न नसकेमा २६ हप्तासम्म बीमाको ५ प्रतिशत वा वार्षिक बीस हजार बराबरको रकम उपलब्ध हुनेछ । यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिनभित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोफाइल मार्फत ६५ लाख बढि ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका एक लाख ६० हजार भन्दा बढि एजेन्ट (इसेवाजोन तथा पोइन्ट) मार्फत अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
सुर्खेत बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार
नेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
के अमेरिकामा भन्या जस्तो कमाउन सजिलो छ ?
जेठ ७, २०८१ सोमबार
कोरियन नागरिकको सहयोगमा विद्यालयमा शौचालय
जेठ ७, २०८१ सोमबार