एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनद्धारा ‘शिक्षाका लागि फण्ड रेज अभियान’ सुरु
नेपालबहस संवाददाता
माघ ८, २०७९ आइतबार २१:४३:५५
८ माघ, क्यालिर्फोनिया । परदेशमा बस्ने नेपालीहरुको साझा संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिर्फोनियाले ‘शिक्षाका लागि फण्ड रेज अभियान’ सुरु गरेको छ ।
नेपाल स्थित देउराली फाउन्डेसन संगको सहकार्यमा गरिब तथा जेहेन्दार बालबालिकाको शिक्षामा सहयोग गर्नको लागि यो अभियान सुरु गरिएको एनआरएनए नन रेसिडेण्ट नेपाली एसोसिएशन क्यालिर्फोनिया अध्यक्ष माधव मरासिनीले जानकारी दिएका छन् ।
सन् २०२२ मा आफुहरुले आफ्नै श्रोत साधन मार्फत तीन हजार बिद्यार्थी हरुलाई यी सामाग्रीहरु वितरण गरिसकेको र सन् २०२३ भित्र थप १० हजार बिद्यार्थीहरुलाई डोनेसन गर्ने तयारी गरिरहेको अध्यक्ष मरासिनीले बताए ।
यसको लागि आफुहरुलाई १००,००० ९ एक लाख डलर० को आवस्यकता पर्ने र यो रकम जम्मा गर्न आफुहरुले नेपाल बाट हस्तकला निर्मित काठका फ्रेमहरु मगाएको र ए फोर साइजका यी फ्रेमहरु सम्मानपत्र राखेर प्रदान गर्न र परिवारको फोटो राखेर घरमा झुण्डाउन निकै आकर्षक हुने अध्यक्ष मरासीनीले जानकारी दिए ।
यसरी आफुहरुले नेपालबाट मगाएका यी फ्रेमहरु खरिद गरी सहयोग गरिदिन हुन सम्पूर्ण अमेरिकाबासी नेपाली दाजु भाइ तथा दिदीबैनीहरुमा अध्यक्ष मरासिनीले अनुरोध गरेका छन् । फ्रेम खरीद गरि सहयोग गर्ने संस्थाको नाम र लोगो नेपालमा हुने सहयोग वितरण कार्यक्रमको ब्यानरमा पनि राखिने उनको भनाई रहेको छ ।
यस संस्थाले सुरु गरेको ‘शिक्षाका लागि फण्ड रेज’ अभियानमा अमेरिकाबासी नेपाली दाजु भाइ तथा दिदीबैनीहरुको सहभागिताले गरिब बालबालिकाको भबिश्य निर्माणमा टेवा मिल्नुका साथै नेपालको हस्तकला, सस्कृति र पर्यटन प्रबर्धनको लागि पनि ठुलो सहयोग पुग्ने अध्यक्ष मरासिनीको भनाई रहेको छ ।
हाल लाइ एउटा फ्रेमको सहयोग मूल्य ५०० डलर राखिएको छ । फ्रेम खरिदको लागि १४१५५०४४५८८ नम्बरमा सम्पर्क गर्न सकिने अध्यक्ष मरासिनीले बताए ।
यस अघि एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले ‘कापी कोष’ का लागि एकल सांगीतिक साँझ सञ्चालन गर्ने समेत तयारी गरेको थियो ।
एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसनले शिक्षा सहित सामाजिक क्षेत्रका विभिन्न कार्यक्रममा सहयोग गर्दै आइरहेको छ।
शिक्षा, स्वास्थ्य, सञ्चार, खेल लगायतका क्षेत्रमा योगदान गरेकाहरुलाई पनि सम्मान गर्दै आइरहेको संस्थाले नेपालमा हुने विभिन्न सामाजिक कार्यका क्षेत्रमा आफ्नो सक्रिय सहयोग गर्दै आइरहेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराजदूत खत्रीसँग शिविर सञ्चालन नगरेको नेजाको गुनासो
बैशाख २४, २०८१ सोमबार
नेजालाई युएन मिसनसँग मिलेर अगाडि बढ्न राजदुत थापाको आग्रह
बैशाख २४, २०८१ सोमबार
विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउन आग्रह
बैशाख २४, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार