आइएमई जनरल इन्स्योरेन्सले ६ प्रतिशत बोनस शेयर दिने
नेपालबहस संवाददाता
माघ ९, २०७९ सोमबार १८:४९:३०
९ माघ, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले नगद लाभांश प्रस्ताव पारित गरेको छ छ । कम्पनीको हालै सम्पन्न साधारण सभा बैठकले प्रस्ताव पारित गरेको हो ।
कम्पनीको सञ्चालक समितिले गत वर्षको नाफाबाट ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि कम्पनीले ५३ लाख ७३ हजार रुपैयाँ नगद लाभांश दिने गरी राखेको प्रस्ताव पारित गरेको हो ।
बोनस शेयर पश्चात कायम हुने कम्पनीको चुक्तापुँजी बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, बीमा प्राधिकरणको निर्देशन बमोजिम बीमा ऐन २०७९, अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समय सापेक्ष संशोधन गर्ने जस्ता प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
साथै संशोधित प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष ३ गते नै बुकक्लोजको गरेको थियो । यसर्थ पुष २८ गतेसम्म कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीको चुक्ता पुँजी एक अर्ब ७० करोड रुपैयाँ रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
न्युरोडबाट १ किलो ८ सय ग्राम सुन र १ करोड ४३ लाख रकमसहित ७ पक्राउ
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्री दाहाल मोरङमा
बैशाख १४, २०८१ शुक्रबार
चार वर्षमा आगलागीबाट कर्णालीमा ५५ जनाको मृत्यु
बैशाख १४, २०८१ शुक्रबार
गृह मन्त्रालयद्वारा ६ जना एसएसपीको सरुवा
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग एडीबीका उपाध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार
प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट
बैशाख १४, २०८१ शुक्रबार