बाग्मतीमा प्रमुख प्रतिपक्ष दलमा नेमकिपाको दाबी, कांग्रेस सांसदले गरे प्रतिवाद
नेपालबहस संवाददाता
माघ २४, २०७९ मंगलबार २०:७:५५
२४ माघ, काठमाडौं । बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले सभामुखलाई पत्र बुझाएको खुलेकाे छ ।
नेमकिपा बागमती प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज गोर्साइले प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै प्रदेश सभामुख भुवनकुमार पाठकलाई गत माघ ९ गते नै प्रमुख प्रतिपक्ष दलको दाबी गर्दै प्रदेशसभा सचिवालय हेटौंडामा पत्र बुझाएका हुन् ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले गत माघ ३ गते सांसदबाट विश्वासको मत लिँदा नेमकिपाबाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूले पक्षमा मत दिएकाले आफू विपक्षी दल भएको दाबी नेमकिपाको छ । विश्वासको मत लिने मुख्यमन्त्रीको प्रस्तावको विपक्षमा मत दिने नेमकिपा मात्रै बनेको थियो ।
बागमती प्रदेशको प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा २ को खण्ड (१) बमोजिम बागमती प्रदेश सभामा विपक्षी दलको नेता चयन गर्ने कानुनी व्यवस्था अनुसार नेमकिपालाई विपक्षी दल घोषणा गर्नुपर्ने नेमकिपा सांसद गोसाईंको भनाइ छ ।
प्रदेशसभामा निर्वाचित नेमकिपाबाहेक सबै दल मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलहरूको कित्तामा उभिएकोले आफ्नो पार्टीलाई विपक्षी दल र दलको नेता घोषणा गर्न माग गरिएको छ । यही विषयमा आइतबार बसेको सर्वदलीय बैठकमा कांग्रेस र नेमकिपाबीच विवादसमेत भएको थियो ।
कांग्रेसले भने सरकारलाई आफूहरूले समर्थन नभइ विश्वासको मत मात्रै दिएकाले कांग्रेस नै विपक्षी दल भएको दाबी गर्दै आएको छ । उसले केन्द्रमा भइरहेकाे दाबीलाई नजिरकाे रूपमा लिएकाे छ । उसले नेमकिपाकाे पत्रकाे प्रतिवाद गरिरहेकाे छ ।
प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) अनुसार विपक्षी दल र नेता भन्नाले दलले संसदीय दलको नेताका रूपमा छानेको व्यक्ति र मन्त्रिपरिषद् गठन गर्ने वा मन्त्रिपरिषद् गठन गर्न समर्थन गर्ने दलबाहेक प्रदेश सभामा सबैभन्दा बढी सदस्य भएको दल हुनेछ ।
कांग्रेसले केन्द्रमा पनि प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासकाे मत दिएर सरकारमा भने सहभागी नभइ संसदमा प्रमुख प्रतिपक्षमा बस्ने निर्णय गरेकाे छ । साे विषयमा सर्वाेच्च अदालतले समेत संसदमा प्रमुख प्रतिपक्ष कसलाई ताेक्ने अधिकार संघीय सचिवालयकाे अधिकारभित्र पर्ने भन्दै रिट नै दर्ता गरेन ।
तर सचिवालयले यसबारे टुंगाे लगाउन भने बाँकी नै ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
७५ प्रतिशत नागरिक उच्च गुणस्तरको खानेपानीको पहुँच बाहिर
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला पर्यो
जेठ ६, २०८१ आइतबार
बर्दियामा मृतावस्थामा पाटेबाघ फेला प¥यो
जेठ ६, २०८१ आइतबार
कञ्चनपुरको न्यायिक समितिमा इजलास र जनशक्ति अभाव
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार