फागुन ८ गतेदेखि दोल्ती पावर कम्पनीले आईपीओ निष्काशन गर्दै
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार १९:१५:१२
२९ माघ, काठमाडौं । दोल्ती पावर कम्पनीले फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्दै छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगरीमा रहेका नेपालीहरुका लागि उक्त आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ ।त्यस्तै, आयोजना प्रभावित क्षेत्र दैलेख जिल्लाको स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता शेयर बाँडफाँड गरीने कम्पनीले जानाएकमो छ। साथै, कम्पनीले सर्वसाधारणका लागी छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ लाख ७ हजार २९८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले उक्त आईपीओमा फागुन २५ गतेसम्ममा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेको खण्डमा आवेदन दिने म्याद चैत ७ गते सम्म लम्बिने कम्पनीले जनाएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारमा रहेकाहरुले कम्पनीको आईपीओमा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त आईपिओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
दोल्ती पावर कम्पनीले आइपिओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले स्थानिय बासिन्दाले आयोजनाको कार्यालय नौमुले दैलेख, एनआइसी एसिया बैंकको नर्वाचवार कार्यालय दैलेख, ग्लोबल आइएमई बैंकको देवकोटा चोक दैलेख र प्रभु बैंकको देवेन्द्रचोक कार्यालय दैलेख शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । त्यसैगरी, एनआइसी एसिया क्यापिटलको वेबसाइटबाट दरखास्त फाराम डाउनलोड गरेर पनि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सेयर खरिद आवेदन प्राप्त गर्न प्रतिदरखास्त फारम २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ ।
वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
जेठ २, २०८१ बुधबार
बिहिबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत अवरुद्ध हुने
जेठ २, २०८१ बुधबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने
जेठ २, २०८१ बुधबार
स्लोभाकियाका प्रधानमन्त्री फिकोमाथि गोली प्रहार
जेठ २, २०८१ बुधबार
प्रतिकूल मौसमले सगरमाथा आरोहण प्रभावित
जेठ २, २०८१ बुधबार
सन्दीपको निलम्बन फुकुवा, टी–२० विश्वकप खेल्न पाउने
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार