इसेवा मनि ट्रान्स्फरका सीईओ कोइराला म्यानेजर अफ दि इयर २०२२ बाट सम्मानित
नेपालबहस संवाददाता
माघ २९, २०७९ आइतबार २२:१३:२३
२९ माघ, काठमाडौं । व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघले इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालालाई म्यानेजर अफ दि इयर २०२२ बाट सम्मान गरेको छ ।
नेपालको व्यवस्थापन क्षेत्रमा पुर्याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै संस्थाले कोईरालालाई उक्त सम्मान गरेको हो । शनिबार राजधानीको होटल एभरेष्टमा भएको एक समारोहमा कोइरालालाई सम्मान गरिएको हो ।
समारोहमा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत कोइरालाले उक्त पुरस्कार इसेवा मनि ट्रान्स्फरको सञ्चालक तथा कर्मचारी, एफवान सफ्ट गु्रप र विदेशमा रहेका सम्पूर्ण नेपालीमा समपर्ण गरे । उनले विदेशमा रहेका नेपालीहरूको मायाँ र सद्भावले नै आफुहरू यस स्थानमा आइपुगेको भन्दै विशेष धन्यवाद दिए। साथै उनले इसेवा मनि ट्रान्स्फरलाई छनौट गरी पुरस्कृत गरेकोमा म्यानलाई समेत धन्वयाद ज्ञापन गरे।
बिगत १८ वर्षदेखि रेमिट्यान्स्को क्षेत्रमा अनवरत रूपमा लागि रहनुभएका अजेश कोइरालाले पछिल्लो समय इसेवा मनि ट्रान्स्फरको नेतृत्व गरिरहेका छन । इसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्स्लाई जोड दिँदै आएको छ । विश्वका दुईसयभन्दा बढि मुलुकबाट इसेवा मनि ट्रान्स्फरमार्फत ८० प्रतिशत भन्दा बढि रेमिट्यान्स् डिजिटल रूपमा भित्रिदै आएको छ । तीनवर्ष अगाडी मात्र सञ्चालनमा आएको इसेवा मनि ट्रान्स्फर आफ्नो आक्रामक बजार विस्तार गर्दै अग्रणी भूमिकामा देखा पर्न थालिसकेको छ ।
डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै “मेरो पहिलो रोजाइ” नारा बोकेर अघि बढेको यस रेमिट्यान्स कम्पनीले डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ६० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरूसँग समन्वय गर्दै तुरुन्तै ग्राहकको खातामा रेमिट्यान्स भित्राउँदै आएको छ । त्यस्तै, इसेवा मनी ट्रान्सफर मार्फत ५० लाख भन्दा बढी प्रयोगकर्ताको सञ्जाल भएको इसेवा वालेटमा पनि विदेशमा रहेका नेपालीहरुले सहजै पैसा पठाउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोन पोइन्टस् र इसेवाबीच साझेदारी, रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य गर्ने
माघ ४, २०८० बिहिबार
एफवान सफ्ट ग्रुप द्वारा "फोनपोईन्ट्स" नामक नयाँ कम्पनीको सुरुवात
पुष २६, २०८० बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ
जेठ ८, २०८१ मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेट
जेठ ८, २०८१ मंगलबार
सिरोहियालाई समाउन कान्तिपुर पब्लिकेसन्समा पुग्यो प्रहरी
जेठ ८, २०८१ मंगलबार
उपेन्द्र यादवको रिटमाथिको सुनुवाई आज हेर्दा हेर्दैमा
जेठ ८, २०८१ मंगलबार