आज सिलौटो कटेजमा ‘सम्मान मिस लिम्बू’को अडिसन हुँदै
नेपालबहस संवाददाता
फागुन ७, २०७९ आइतबार १८:३०:३७
७ फागुन, काठमाडौं । ‘सम्मान मिस लिम्बू’को छैटौँ संस्करणको अडिसन काठमाडाैंमा हुने भएकाे छ । आयाेजकका अनुसार सम्मान मिस लिम्बूको अडिसन आज अनामनगर स्थित सिलौटो कटेजमा हुने छ ।
‘बौद्धिक विकास र सौन्दर्य,पहिचान र संस्कृति’ भन्ने मूल नारासहित काठमाडौंमा हुने ‘सम्मान मिस लिम्बू–२०७९’का लागि धरानमा अडिसन भईसकेको छ जहाँ दश प्रतियोगीहरु उक्त सुन्दरी प्रतियोगीताको लागी छनोट भईसकेका छन् । याे प्रतियोगितामा विभिन्न स्थानबाट ३० जना युवतीलाई फाइलनका लागि छनोट गरिने छ ।
उक्त प्रतियोगितामा भाग लिनका लागि न्यूनतम एसईई उतृण भएका, १७ देखि २६ वर्ष पुगेका लिम्बू समुदायका अविवाहित महिला हुनुपर्ने छ । ‘मिस लिम्बू’को यस छैटौं संस्करणलाई पूर्व मिस नेपाल तथा कोरियोग्राफर सदिक्षा श्रेष्ठले कोरियोग्राफी गर्ने भएकी छिन् । साथै, प्रतियोगीहरुलाई पूर्व मिस नेपाल माल्भिका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ् , डिबी आङबुङ्लगायतले व्यक्तित्व विकासबारे ट्रेनिङ्ग दिनेछन् ।
उक्त सुन्दरी प्रतियोगिताको विजेताले नगद ५० हजारसहित स्कुटर पाउनेछिन् भने हङकङ भ्रमणको समेत अवसर दिइनेछ । यस्तै फस्ट रनरअपले एक लाख र सेकेण्ड रनरअफले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै विजेताले मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरको मापदण्ड पूरा गरेको खण्डमा आगामी मिस नेपालमा सिधै प्रवेशको अवसर दिइने पनि आयोजकले जनाएको छ । प्रतियोगिताको ग्राण्ड फिनाले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चैत ११ गते हुने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार