जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि स्याङ्जालाई
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार १९:४७:६
८ फागुन, रामपुर ‘पाल्पा’ । पाल्पाको रामपुरमा आयोजना भएको जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिल्ला भलिबल सङ्घ स्याङ्जाले जितेको छ ।
जिल्ला भलिबल सङ्घ नवलपुरलाई सोझो सेटमा पराजित गर्दै स्याङ्जाले उपाधि जित्न सफल भएको छ । स्याङ्जाले लगातार पहिलो, दोस्रो र तेस्रो सेट २५÷२०, २५÷१४ र २५÷१५ अङ्कसहित जित्न सफल भएको हो । नवलपुर उपविजेता बनेको छ ।
लुम्बिनी र गण्डकी प्रदेशका सात जिल्लाको सहभागिता रहेको प्रतियोगितामा आयोजक जिल्ला भलिबल सङ्घ पाल्पाले तृतीय स्थान ओगट्न सफल भएको छ । जिल्ला भलिबल सङ्घ बाग्लुङलाई तीन÷एक सेटले पराजित गर्दै पाल्पाले तृतीय उपाधि हात पारेको हो । तेस्रो स्थान छनोट खेलमा जिल्ला भलिबल सङ्घ पाल्पाले पहिलो, दोस्रो र चौथो सेट २५÷१७, २५÷१८, २५÷१६ अङ्कसहित हात पारेको थियो भने तेस्रो सेट २५÷२२ अङ्कसहित बाग्लुङले हात पारेको थियो ।
प्रतियोगिताको उपाधि विजेताले नगद रु एक लाख ५१ हजार एक सय ११, उपविजेताले रु एक लाख एक हजार एक सय ११ र तृतीय हुनेले रु ५१ हजार एक सय ११ सहित कप मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही रु पाँच हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा जिल्ला भलिबल सङ्घ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल सङ्घको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य सङ्घको मुख्य प्रायोजकमा प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी स्याङ्जाका सञ्जु विक्रम शाही, वेष्ट ब्लकर नवलपुरका हिमाल सुनारी, वेष्ट स्पाइकर स्याङ्जाका हरि पाण्डे, वेष्ट सेटर स्याङ्जाका सुदीप राना, वेष्ट सर्भर पाल्पाका आशिष श्रेष्ठ र वेष्ट डिफेन्डर स्याङ्जाका राजन दर्लामी भएका छन । प्रतियोगिता गत फागुन ३ गतेदेखि रामपुर महोत्सवस्थलमा सुरु गरिएको हो । खेलकुदको विकासका लागि यसअघिको महोत्सवमा पनि अन्तर्राष्ट्रियस्तरको नेपाल र भारतबीच ‘इन्डो नेपाल’ भलिबल खेल आयोजना गरिएको थियो ।
रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले खेलले समाज र ठाउँलाई चिनाउनुका साथै खेलाडीको व्यक्तित्व विकासमा पनि सहयोग गर्ने बताए । रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले उद्योगी तथा व्यवसायीसँगै खेलकुद क्षेत्रको प्रवद्र्धनका लागि मेलामा प्रतियोगिता सञ्चालन गरिएको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाइल खोलिदिउँ भन्ने होइन, धमाधम फाइल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार