शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन रोक्न सबै गम्भीर बनौँ : प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
फागुन ८, २०७९ सोमबार २०:४८:९
८ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक जनशक्तिको बढ्दो विदेश पलायन देशका लागि चुनौतीको विषय भएको भन्दै यसलाई रोक्न सबै जिम्मेवार बन्नुपर्ने बताएका छन् ।
कास्कीको लेखनाथमा आज आयोजित पोखरा विश्वविद्यायलको दीक्षान्त समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले जनशक्तिको विदेश पलायन रोक्न सम्वद्ध सबै पक्षले ध्यान दिनुपर्ने बताए । प्रधानमन्त्री दाहालले भने, “विश्वबजारमा प्रतिस्पर्धी र अब्बल प्रमाणित गर्न तपाईहरूबीच चुनौतीका चाङ भए पनि धैर्य, संयमित र दूरदर्शी भएर पोखरा विश्वविद्यालयलगायत मुलुककै प्रतिष्ठा उँचो राख्नुहुनेछ भन्ने आशा र विश्वास मैले राखेको छु । विभिन्न कारणले विदेश पलायन हुने जनशक्तिलाई रोजगारी र सीपका माध्यमले स्वदेशमै बस्न सक्ने वातावरण निर्माण गर्ने महत्वपूर्ण अभिभारा तपाईहरूको काँधमा पनि छ ।”
उनले सङ्घीय शिक्षा ऐनमार्फत् शिक्षा क्षेत्रका नीतिगत, संस्थागत, संरचनागत र कार्यगत चुनौती एवं समस्या सम्बोधन हुने अपेक्षा गरिएको बताए । “सरकारको यस प्रयासमा यहाँहरूलगायत सम्पूर्ण शैक्षिक जगतको महत्वपूर्ण सहयोग रहनेछ भन्ने मैले विश्वास लिएको छु ।”
प्रधानमन्त्री दाहालले सामाजिक न्याय, सुशासन र समृद्धिप्रतिको नेपाल सरकारको लक्ष्य हासिल गर्न शिक्षा क्षेत्रको भूमिका सबैभन्दा अग्रणी रहने बताए । शिक्षा क्षेत्रका सम्पूर्ण बौद्धिक महानुभावको उच्च बौद्धिक सक्रियता, सकारात्मक तथा रचनात्मक सहयोग, सहकार्यबाट नै सरकारले उल्लेखित लक्ष्य हासिल गर्न सकिनेछ भन्ने आफूले विश्वास लिएको उनको भनाइ थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं उपत्यकाभित्र त्रिविको सम्पत्ति खोजबिन गर्न पूर्वसचिवको संयोजकत्वमा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
थपलिया पूर्वाञ्चल र गौतम मध्यपश्चिको उपकुलपति
बैशाख १८, २०८१ मंगलबार
त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिममा २० जना सहभागी
बैशाख १३, २०८१ बिहिबार
सशस्त्रमा आईजीपी अर्याल विरुद्ध मोर्चाबन्दी !
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
झापामा हुरीबतासले करोडौँको क्षति, विद्युत् आपूर्ति बन्द
नेपालबहस संवाददाता
जेठ १६, २०८१ बुधबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार
बजेट सच्याउने निर्णय गराएर करका दरमाथि खेल्दै अर्थमन्त्री, 'टाइपिङ इरर' भएको बहाना
जेठ १८, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १८, २०८१ शुक्रबार
समयमै क्यासिनो नवीकरणको आवेदन नदिए इजाजतपत्र खारेज हुने
जेठ १८, २०८१ शुक्रबार
स्वास्थ्य क्षेत्रको समस्या समाधान गर्न मन्त्री यादवद्वारा समिति गठन
जेठ १८, २०८१ शुक्रबार
वाग्मती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत
जेठ १८, २०८१ शुक्रबार
अत्यधिक गर्मीले बर्दियाका विद्यालय थप ६ दिन बन्द
जेठ १८, २०८१ शुक्रबार
दुबईबाट फर्केर तरकारीखेती
जेठ १८, २०८१ शुक्रबार
घट्यो पेट्रोलियम पदार्थको मूल्य, ग्यासको यथावत
जेठ १८, २०८१ शुक्रबार