एसईई डान्सका २८ फाईनल प्रतिस्पर्धीलाई प्लसटुमा पूर्ण छात्रबृत्ति दिइने
नेपालबहस संवाददाता
फागुन २१, २०७९ आइतबार १८:१०:४७
२१ फागुन, काठमाडौं । यो वर्षको एसईई नजिकिँदै गर्दा ‘एसइइ डान्स च्याम्पियनसिन’को चौथो संस्करण घोषणा गरिएको छ । एसईई दिएर बसेका विधार्थीहरुलाई लक्षित गरेर बिगत चार वर्षदेखि देशव्यापी रुपमा यो प्रतियोगिता आयोजना हुँदै आएको छ । बिगत झै यसपटक पनि यो प्रतियोगिताको फाईनलमा पुगेकाहरुले प्लस टुको अध्ययनका लागि पूर्ण छात्राबृत्ति पाउने भएका छन् । यो प्रतियोगिताको चौथो संस्करणको अडिसन आगामी नयाँ वर्षसँगै हुने भएको छ ।
यो प्रतियोगिताको लागि आगामी चैतमा एसईई दिएर बसेका विधार्थीहरुले भाग लिने पाउने आयोजक संस्थाका अध्यक्ष एवम् बरिष्ट कोरियोग्राफर महेश गोदारले बताएका छन्,‘हामीले सबै प्रदेशमा बैशाखको पहिलो साताबाट अडिसन शुरु गर्ने छौं । उनीहरुको नृत्यको आधारमा अडिसन लिएर प्रत्यक प्रदेशबाट फाईनलको लागि ३ जना चयन गरिने छ ।’
माविहरुको संस्था ‘हिसान’को सहकार्यमा काठमाडौंको कपनमा रहेको बज्रायोगिनी डान्स एन्ड म्युजिक एकेडेमीले यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यो प्रतियोगितामा नेशनल प्याब्सन र प्याब्सनको समेत सहकार्य रहेको पनि गोदारले जानकारी गराएका छन् ।
यी सहित काठमाडौंबाट १० जना चयन गरेर कुल २८ जना प्रतियोगीबीच आगामी २३ असारमा काठमाडौंको नाचघरमा अन्तिम प्रतिस्धर्पा हुने छ । यसरी यो अन्तिम प्रतिस्पर्धामा चयन भएका २८ जनालाई नै कक्षा ११ र १२ को अध्ययनका लागि पूर्ण छात्राबृत्ती दिईने सहयोगी संस्था हिसानका अध्यक्ष एवम् गोल्डेन गेट कलेजका प्रिन्सिपल रमेश सिलवालले बताएका छन् ।
यो प्रतियोगितामा प्रथम हुनेले एक लाख रुपैयाँ, द्धितीय हुनेले ५० हजार रुपैयाँ र तृतीय हुनेले ३० हजार रुपैयाँ नगद सहित ट्रफी र विभिन्न पुरस्कार पनि प्राप्त गर्ने आयोजक महेश गोदारले जानकारी गराएका छन् । यो प्रतियोगिताको लागि मुलुकका विभिन्न कलेजमा आयोजक पक्षले सूचना पुर्याउने छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वको सबैभन्दा ठूलो मेट गाला सुरु
बैशाख २५, २०८१ मंगलबार
निहारा र अदितिलाई ‘किड्स क्यापिटल नेपाल’ को उपाधि
बैशाख २४, २०८१ सोमबार
डा. आयुष्नोभा बनिन् मिस इन्टरकन्टिनेन्टल नेपाल
बैशाख २०, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार