विप्लव भन्छन्- जनयुद्धलाई अपराध देख्नेले २००७ साललाई किन देख्दैनन् ?
नेपालबहस संवाददाता
चैत १, २०७९ बुधबार २२:४५:४५
१ चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने र परिवर्तनकारीलाई जेल हाल्ने प्रयास गरिए सहेर नबस्ने चेतावनी दिएका छन् ।
बुधबार काठमाडौंमा आयोजित नेकपा र कर्णतिजत बुढा नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी समाजवादी)बीचको पार्टी एकता घोषणा कार्यक्रममा उनले माओवादी जनयुद्ध र त्यसबेला घटनालाई अपराधीकरण गर्न खोज्नेहरुले आफ्नो जीवनको ख्याल गर्नुपर्ने मसेत चेतावनी समेत दिएका छन् । अपराधीकरणको प्रयास गर्नेहरुलाई कसैगरी छुट दिन नसक्ने उनको भनाइ छ ।
कार्यक्रममा जनताले लडेको युद्धलाई अपराधीकरण गर्ने काम सम्भव नभएको तर्क गर्दै उनले भने, ‘‘जनयुद्ध लडेको मान्छेलाई अपराधीकरण गरिँदैछ यहाँ । यसलाई कुनैपनि हालतमा छुट दिन सकिँदैन । ऊसले आफ्नो जीवनको पनि ख्याल गर्नु पर्छ । र, उसले नेपालको राजनीतिक आन्दोलनमा आफ्नो अस्तित्वको पनि ख्याल गर्नुपर्छ ।’ फासिवादीविरुद्ध लड्ने मान्छे कहिल्यै अपराधी नहुने उनको तर्क छ ।
जनयुद्धलाई अराधीकरणतर्फ लगे २००७ सालमा क्रान्ति गर्ने मान्छे पनि अपराधी हुने बताए । जनताले चलाएको युद्ध कुनै क्रान्ति हुने, कुनै अपराध हुने विषय कसैले नसोच्न समेत उनले आग्रह गरे । ‘जनयुद्धलाई अपराध देख्नेले २००७ साललाइ पनि अपराध देख्नु पर्दैन ?’ उनकाे प्रश्न छ ।
उनले नेपाल समाजको अहिले मुख्य शत्रु भनेकै दलाल, पूँजीवादी सत्ता र त्यसका पक्षपोषक गर्नेहरु रहेको बताए । क्रान्तिलाई पूरा गर्ने अभिभारा उठाउन क्रान्तिकारी कम्युनिष्टहरुबीच एकताको प्रक्रिया सुरु भएको समेत उनले बताए । कार्यक्रममा वितरित एकतासम्बन्धी विज्ञप्तिमा एकताका बाँकी प्रक्रियाबारे छलफल गर्दै जाने उल्लेख छ ।
मुलुकमा मुठ्ठीभर दलाल पूँजीपतिहरुले शासन चलाइरहेको संसदीय व्यवस्था अहिले संकटग्रस्त अवस्थामा पुगेको र यसलाई जनताको बलले धक्का दिएर परिवर्तन गर्दै वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाको दिशातिर अगाडि बढनुको विकल्प नरहेको उनले बताए ।
‘ ‘मुठ्ठीभर दलाल पुँजीपतिवर्ग बाहेक सारा नेपाली जनताको जीवन कष्टकर छ । मिटर ब्याज, लघुवित्त, धेरै जसो वित्तीय सहकारी र ठूला बैंकको चर्को ब्याजले गरीब किसान, विभिन्न व्यापार व्यवसायी, मध्यमवर्ग र राष्ट्रिय उद्योग÷व्यवसायीहरु संकटमा पर्दै गएका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘कैयौं ऋणीहरुले आत्महत्या गरिरहेका छन् भने कैयौं घरवास छोडेर हिँड्न विवश छन् ।’
जनताले लडेको युझलाई अपराध देख्ने मान्छेहरु मुलुकलाई द्वन्द्वतिर धकेल्न चाहने तत्वहरुबाट नियोजित रुपमा परिचालित तत्वहरु भएको उनको टिप्पणी छ ।
कार्यक्रममा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले सबै क्रान्तिकारी शक्तिहरु एक ठाउँमा आउन ढिला गर्न नहुने बताए । उनले क्रान्तिकारी र परिवर्तनकामी पक्षहरु एकजुट हुने देखेपछि देशी विदेशी प्रक्रियावादीहरु तिल्मिलाउन थालेको बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
बजेट बनाउन अर्थमन्त्रीको टीम भन्दा गिरोह सक्रिय, करका दरमा खेल्ने प्रयास
नेपालबहस संवाददाता
बैशाख २९, २०८१ शनिबार
उडिरहेको विमानमा एयर होस्टेसलाई यात्रुले दुर्व्यवहार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
नेपालबहस संवाददाता
बैशाख ३०, २०८१ आइतबार
सहकारी प्रकरण: रवि विरुद्ध के छ काग्रेससँग प्रमाण ?
केदार भट्टराई (काका)
बैशाख २९, २०८१ शनिबार
यस वर्ष पनि एनएमबी बैंकका शेयरधनीको हात खाली, वितरण योग्य मुनाफा ऋणात्मक
बैशाख ३०, २०८१ आइतबार
उदघाटन गरेको ९ दिन नपुग्दै हावाले भत्कायो इलाका प्रहरी कार्यालय जयनगरको पर्खाल
बैशाख ३१, २०८१ सोमबार
दिल्ली बसेर अमेरिका र क्यानडा लैजाने भन्दै मानव तस्करी गर्ने समूह प्रहरीको फन्दामा
बैशाख ३१, २०८१ सोमबार
सङ्खुवासभामा पेस्तोलसहित एकजना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
नयाँ पुस्ता लक्षित शास्त्रीय संगीत उत्सव
बैशाख ३१, २०८१ सोमबार
निर्वाचन आयोगविरुद्ध उपेन्द्र यादवले दर्ता गराए सर्वोच्चमा रिट, जेठ २ गते पेसी
बैशाख ३१, २०८१ सोमबार
अफगानिस्तानमा बाढीबाट ३१५ भन्दा बढीको मृत्यु
बैशाख ३१, २०८१ सोमबार
नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध
बैशाख ३१, २०८१ सोमबार