आजदेखि पर्यटकीय गन्तव्यमा नयाँ नियम, बालक र विना गाइड प्रतिवन्ध
नेपालबहस संवाददाता
चैत १८, २०७९ शनिबार २०:३८:३५
१८ चैत, काठमाडौं । सरकारले पदयात्री सूचना व्यवस्थापन प्रणाली अन्तर्गत विना गाइड र १० वर्ष मूनिका बालकलाई प्रवेशनिषेधसहित पर्यटकीय गन्तब्यमा नयाँ नियम लागु गरेको छ । नेपालमा पदयात्रीलाई सुरक्षित बनाउन पदयात्री सूचना व्यवस्थापन प्रणाली लागु गरिएको बताइएको छ । शनिबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा पर्यटनमन्त्री सुदन किरातीले पदयात्री सूचना व्यवस्थापन प्रणालीको शुभारम्भ गरेका हुन् ।
नेपालमा पदयात्रालाई सुरक्षित बनाउन, पदयात्रीको सेवा, सुविधा र सुरक्षालाई प्रत्याभूत गर्न र पदयात्रामा हुनसक्ने जोखिमलाई न्यूनीकरण गर्न पदयात्री सूचना व्यवस्थापन प्रणाली (ट्रेकर्स इन्फरमेसन म्यानेजमेण्ट सिस्टम) सुरु गरिएको हो । यो मापदण्ड आज (शनिबार) बाट नै लागू हुनेछ । पदयात्री एवम् पथ प्रदर्शक वा सहयोगीको सुरक्षालाई प्रत्याभूत गर्न पदयात्रामा जाने पदयात्रीका लागि सम्बन्धित कम्पनीले टिप्स अनुमति पत्र लिनुपर्नेछ ।
अबबाट कोही पनि समूहमा मिलेर जटिल स्थानतर्फ र हिमालय क्षेत्रतर्फ एक्लै र समूहमा मिलेर बिना गाइड जान नपाइने भएको हो । आरोहण अनुमति पत्र लिई हिमाल आरोहण जाने आरोहीले टिप्स अनुमति पत्र लिनु पर्नेछैन । अध्यागमन विभागबाट अनुमति पत्र लिई नेपाल सरकारले तोकेका निषेधित क्षेत्रमा जाने पर्यटकका लागि टिप्स अनुमति पत्र अनिवार्य नहुने बताइएको छ ।
कञ्चनजंगा बेसक्याम्प, लुम्बासुम्बा पास ट्रेक, मकालु हिमाल बेस क्याम्प, शेर्पेनी क्लोज पास ‘ट्रेकिङ’, एभरेष्ट बेसक्याम्प, गोकियो ट्रेक, च्छो ल्हा पास ट्रेक, गोकियो रेन्जो ला पास ट्रेक, हुम्ला लिमी भ्याली, उपर डोल्पा, राउण्ड धौलागिरि, उपर मुस्ताङ ट्रेक, अन्नपूर्ण सर्किट ट्रेक,मनास्लु हिमाल, गणेश हिमाल, लाङटाङ, गोसाईंकुण्ड, हेलम्बु, पाँचपोखरी, च्छो रोल्पा लगायतका स्थलहरूमा अनिवार्य रूपमा पथप्रदर्शक आवश्यक पर्नेछ । यी क्षेत्रमा पदयात्रीको साथमा जाने १० वर्ष भन्दा कमका बालबालिकाको हकमा भने अनुमति पत्र लिनु नपर्ने बताइएको छ ।
कार्यक्रममा बोल्ँदै पर्यटनमन्त्री किरातीले यो व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई सुरक्षित बनाउन उल्लेख्य भूमिका खेल्ने बताउनुभयो । उहाँले आफ्नै पालोमा पर्यटन क्षेत्रलाई उकास्ने प्रतिबद्धता जनाए । उनले भन, ‘हाम्रो देशको आर्थिक विकासमा पर्यटनको क्षेत्रबाट धेरै ठूलो योगदान भइरहेको छ, हाम्रो पालामा नै हामीले पर्यटनमा ठूलो विकास गर्नुपर्नेछ । प्रविधि र पर्यटनको क्षेत्रमा हामी एक पाइला अघि बढेका छौँ । यसले अझै पर्यटन क्षेत्रलाई व्यवस्थित गर्नेछ ।’
नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक धनञ्जय रेग्मीले आजबाट नेपाल पर्यटन बोर्डले ट्रेकिङ इन्फरमेसन म्यानेजमेण्ट सिस्टमलाई लिएर नयाँ नियम जारी गरेको बताए । उनले कोही पनि व्यक्तिले नेपालमा आजसम्म आफूले चाहेका ठाउँमा टिम लिएर जानसक्ने व्यवस्था रहेपनि अबबाट भने अनिवार्य रूपमा पथप्रदर्शक लैजानुपर्ने व्यवस्था लागू गरेको जानकारी दिए । नेपालमा प्रत्येक सिजनमा घुम्न गएका पदयात्रीहरू हराउने, मृत्यु हुने घटना बढेकाले सुरक्षाका लागि यो व्यवस्था लागू गरिएको बताए ।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालका अध्यक्ष नीलहरि बाँस्तोलाले यस व्यवस्थालाई कार्यान्वयनको पक्षमा लैजान संस्था प्रतिबद्ध भएर लाग्ने बताए । उनले सरकारले जटिल स्थानहरूलाई पथप्रदर्शक बिना जान र अनुमति लिएर मात्रै जाने क्षेत्रहरू सीमांकन गरेको जानकारी दिए । साथै अध्यक्ष बाँस्तोले यो व्यवस्थाले नेपालमा पर्यटकको आवागमनलाई झनै व्यवस्थित बनाउने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा
जेठ ५, २०८१ शनिबार
चनौटेडाँडा गर्मी छल्ने उपयुक्त गन्तव्य बन्दै
जेठ ५, २०८१ शनिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार