रोबर्टले चपाएको चुइङ्गमको मूल्य ४५ लाख रुपैयाँ !
नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार १७:१५:४
१९ चैत, लसएञ्जल्स । कलाकारका फ्यानको क्रेज उनीहरुप्रति कति धेरै हुन्छ भन्ने उदाहरण प्रशस्त छन् । हलिउड फिल्म ‘आइरन मेन’ फेम सुपरस्टार रोबर्ट डाउनी जुनियरकै उदाहरण हेरौं । उनको फ्यान विश्वभर अत्याधिक छन् ।
यिनै रोबर्टका विषयमा एक नयाँ खबर बाहिर आएको छ । उनले चपाएर थुकेको चुइङ्गमलाई एक संस्थाले अनलाइन लिलामी गर्न लागेको छ । जसको मूल्य ४५ लाख रुपैंयाँ राखिएको छ । यो प्राथमिक मूल्य रहेकाले अन्तिम मूल्य तत्कालका लागि तोकिएको छैन ।
ई बेमा यो चुइङ्गम लिलामी हुन लागेको हो । चुइङ्गम लिलामीमा बिक्री हुने खबर सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नै किसिमले प्रतिक्रिया दिइरहेका छन् । गत फेब्रुअरी १३ मा अभिनेता तथा निर्माता जोन फेवरोको लसएञ्जल्सस्थित डल्वी थिएटरमा ‘हलिउड वक अफ फेम स्टार’को अनावरण गरिएको थियो ।
त्यही बेला निर्माता फेवरोका साथ रोबर्ट डाउनी जुनियर र इन्टरनेसन शेफ रोय चोई पनि उपस्थित थिए । यही बेला रोबर्टले मुखबाट चुइङ्गम निकाल्दै भुइँमा टासिदिएका थिए । यो देखेका एक फ्यानले चुइङ्गमलाई भुइँबाट टिपेर लिलामीका लागि अनलाइनमा राखिदिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने
जेठ २, २०८१ बुधबार
नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा
बैशाख ३१, २०८१ सोमबार
बेकरीबाट स्वदेशमै स्वरोजगारसँगै भारतीयलाई पनि जागिर
बैशाख २३, २०८१ आइतबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार