उपनिर्वाचनमा जोशीले छोडे मैदान
नेपालबहस संवाददाता
चैत १९, २०७९ आइतबार २१:४६:४९
१९ चैत, दमौली । नेपाली कांग्रेसले आज मात्र कारवाही फुकुवा गरेका पूर्वमन्त्री गोविन्द राज जोशीले उपनिर्वाचनमा तनहुँ १ बाट उम्मेदवारी नदिने भएका छन् । उनले यसअघिका दुई वटा चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेका थिए । आइतबार दमौलीमा भएको कार्यक्रममा जाशीले उपनिर्वाचनमा उम्मेदवार ीनदिने बताएका छन् । उनीले यसअघिका दुई वटै चुनावमा रामचन्द्र पौडेलविरुद्ध उम्मेदवार दिएएका थिए ।
२०७४ को चुनावमा निर्वाचन आयोगले उम्मेदवारी रद्ध गरेपछि एमालेका उम्मेदवारलाई सहयोग गरेका उनले गत मंसिरको चुनावमा भने तनहुँ १ मा ६ हजार ८८६ मत ल्याएका थिए । यसपालिको उपचुनावमा आफले उम्मेदवारुी नदिने बताएका जाशीले कुन उम्मेदवारलाई समर्थन गर्ने वा नगर्ने खुलाएका छैनन् ।
तनहुँको राजनीतिमा प्रभाव राख्ने जोशीको समूह नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारमध्ये एक जनालाई समर्थन गर्ने योजनामा छ । तनहुँ–१ मा नेपाली कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले मुख्य प्रतिस्पर्धी हुन् ।
गोविन्दराजका छोरा दीपकले नेकपा एमालेको सहयोगमा उपचुनाव लड्ने तयारी गरेको भए पनि एमालेले आफ्नै उम्मेदवार उठाएको छ । २०७४ को निर्वाचनमा पार्टीको साख गिराएको र विपक्षी पार्टीलाई जिताउन लागेको भन्दै जोशीलाई कांग्रेसले साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको थियो ।
आइतबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिले २०७४ को चुनावलाई आधार बनाएर गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको थियो । उपचुनावमा पार्टीका उम्मेदवारलाई सहयोग गरेमा जोशीको कांग्रेसँग सम्बन्त्र सुधार हुने केहि कार्यकर्ताको अपेक्षा छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार