उपनिर्वाचनको मनोनयन दर्ता अघि तनहुँमा कांग्रेसको सभा
नेपालबहस संवाददाता
चैत २०, २०७९ सोमबार १९:४८:२४
तनहुँ, २० चैत । नेपाली कांग्रेसले उपनिर्वाचनमा उम्मेदवारको मनोनयन गर्नुअघि तनहुँमा आमसभाको आयोजन गरको छ । उक्त आमसभामा कांग्रेस महामन्त्री गगन थापासहित गण्डकी प्रदेशका कांग्रेस नेताहरु उपस्थित भएका छन् । उनीहरुले तनहुँ १ बाट कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई निर्वाचनमा जिताउन नेता कार्यकर्ता डटेर लाग्नुपर्ने बताएका छन् ।
आगामी १० वैशाखमा हुने उपनिर्वाचनको सोमबार मनोनयन दर्ताको समय तोकिएको छ । बारा–२, चितवन–२ र तनहुँ–१ मा १० वैशाखमा प्रतिनिधिसभा सदस्य चयनका लागि उपनिर्वाचन हुन लागेको हो । जसका लागि सोमबार मनोनयन दर्ता प्रक्रिया चलिरहेको छ । तनहुँ १ बाट कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गर्दैछन् ।
मनोनयन दर्ताअघि तनहुँमा कांग्रेसले सभा गरिरहेको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले भट्टराई गठबन्धनका साझा उम्मेदवार रहेका बताएका छन भने अन्य नेताहरुले पनि भट्टराई जनपक्षीय उम्मेदवार भएकाले मत माग्ने कुरामा डटेर लाग्नुपर्नेमा जोड दिएका छन् ।
तनहुँ क्षेत्र नम्बर–१ को उपनिर्वाचन रोचक बन्ने देखिएको छ । गएको मंसिर–४ मा भएको निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेसका उमेदवार रामचन्द्र पौडेल निर्वाचित भएका थिए । पौडेल राष्ट्रपति निर्वाचित भएपछि यो क्षेत्र रिक्त भएको हो ।
कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले जितेको तनहुँ–१ मा त्यहीँका स्थानीयसमेत रहेका केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उमेदवार बनाएको छ । ०५४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष चलाइसकेका भट्टराईलाई कांग्रेसले बलियो उमेदवारका रुपमा प्रस्तुत गरिरहेको छ ।
नेकपा माओवादी केन्द्रसहितका पार्टीको उमेदवार नहुने र नेकपा एमालेसँग मात्र प्रतिस्पर्धा हुँदा भट्टराई बलिया देखिएको टिप्पणी भइरहेको थियो । तर, कांग्रेसको राजनीतिमा सक्रिय अर्थविद् डा. स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उमेदवार बनाएपछि प्रतिस्पर्धा रोचक हुने विश्लेषण सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणसम्बन्धी छानबिन समिति बनाउने सहमति, मोडालिटीबारे छलफल बाँकी
जेठ ५, २०८१ शनिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार