रबि लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नमिल्ने’मा
नेपालबहस संवाददाता
चैत २१, २०७९ मंगलबार २१:३:३
२१ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं चितवन २ स्थित उपनिर्वाचनका उम्मेदवार रबि लामिछानेविरुद्ध दायर मुद्दालाई सर्वोच्चमा अदालतले ‘हेर्न नमिल्ने’मा राखेकाे छ ।
सिन्धुलीका युवराज पौडेलले अमेरिकी राहदानी कायमै रहेका बेला नेपाली राहदानी प्रयोग गरेको दाबीसहित दोहोरो राहदानीसम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै सोमबार दायर मुद्दामाथि न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासमा मंगलबार सुनुवाइका लागि पेसी ताेकिएएको थियाे ।
तर न्यायाधीश सिन्हाले मुद्दाको अवस्थालाई ‘हेर्न नमिल्ने’मा राखेका हुन् । मुद्दालाई हेर्न नमिल्ने शीर्षकमा राखिएको सर्वोच्चको वेभसाइटमा जनाइएको छ ।
मुद्दामा उत्प्रेषण, परमादेश लगायत जे–जो चाहिने उपयुक्त आज्ञा आदेश जारी गरी पाऊँ भनी माग गरिएको थियो । लामिछानेविरुद्ध यसअघि प्रहरीले राहदानी दुरुपयोसम्बन्धी कसुरमा अनुसन्धान गरेको थियो । तर प्रहरी र सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए । साेही निर्णढयलाई महान्यायाधिवक्ताकाे कार्यालयले समर्थन गरेकाे थियाे ।
लामिछानेले आउँदो वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि चितवन २ मा सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसन्दीप लामिछाने निर्दोष ठहर, जिल्ला अदालतको फैसला उच्चले उल्टायो
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दामा फैसला सुनाउन उच्च अदालत पाटनमा कडा सुरक्षा
जेठ २, २०८१ बुधबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ३, २०८१ बिहिबार
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
जेठ ३, २०८१ बिहिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
जेठ ३, २०८१ बिहिबार
अब संसदीय छानबिन समिति नबनेसम्म सदन अघि बढ्दैन : कांग्रेस
जेठ ३, २०८१ बिहिबार
बलात्कारको जाहेरी परेपछि एमाले नेता विदुर शर्मा फरार
जेठ ३, २०८१ बिहिबार
सुनसरीमा प्रहरीले लागूऔषध कारोबारीलाई गोली हानेर नियन्त्रणमा लियो
जेठ ३, २०८१ बिहिबार