कोरिया जानेका लागि फेरि मौका, आजदेखि आवेदन खुला
नेपालबहस संवाददाता
फागुन १७, २०७५ शुक्रबार १५:४९:१७
♦ खगेन्द्र भण्डारी
२६ माघ,काठमाडौं । दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रुपमा काम गरेर फकिएर पुनः कोरिया जान चाहने युवाका लागि आज शुक्रबारदेखि आवेदन खुला भएको छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षा ‘सीबीटी’ माध्यमबाट हुने परीक्षाका लागि आवेदन खुलेको हो ।
यस आवेदन दिन चाहनेले १७,१८ र १९ गतेसम्म आवेदन दिनसक्ने छन् । आवेदन दिन चाहनेहरु काठमाडौँमा रहेको ईपीएस कार्यालयमै आउनुपर्ने वैदेशिक रोजगार विभागअन्र्तगतको रोजगार अनुमति प्रणाली ‘ईपीएस’ शाखाले जनाएको छ । शाखाका अनुसार चैत ११ गते उक्त परीक्षा तालिका सार्वजनिक गरिनेछ ।
ईपीएस कोरिया शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले सीबीटी आधारित परीक्षामा सहभागी हुने व्यक्तिले नामावली नै कोरियाको मानव संसाधन विकास (एचआरडी) ले पठाउने पनि जानकारी दिए ।
यसका लागि कोरियामा वैधानिक भएर काम गरेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाइएका व्यक्तिहरू कम्प्युटर परीक्षाका लागि योग्य हुन्छन् । यसमा सामेल हुन कोरियाबाट फर्किंदा ‘एलाइन्स रजिस्ट्रेसन कार्ड’ कोरियाको अध्यागमनमा बुझाएको हुनुपर्ने पनि सो शाखाले जनाएको छ ।
शाखाका अनुसार सन् २०१० जनवरीदेखि वैधानिक भएर कोरियाबाट फर्किएका श्रमिक कम्प्युटर भाषा परीक्षामा सहभागी हुन पाउने छन् । यस वर्षदेखि कार्यक्षमता र फर्किएका श्रमिकको अवधि हेरेर अङ्क पाउने प्रणाली पनि लागू गरिने सो शाखाका सूचना अधिकारी भण्डारीले जानकारी दिनुभयो । उनका अनुसार कोरियाबाट तीन वर्ष काम गरी फर्केका ३९ वर्ष ननाघेका व्यक्ति मात्र सहभागी हुन पाउनेछन् ।
प्रत्येक दिन २८र२८ जनाको चार सिफ्ट गरेर ११२ जनाको परीक्षा सञ्चालन हुनेभएको छ । यस परीक्षामा उत्तीर्ण हुने सबै कोरिया जान पाउनेछन् । सन् २०१८ मा तीन हजार जनाले परीक्षा दिएका थिए । यो परीक्षा उत्र्तीण गर्ने अधिकांश व्यक्ति कोरिया जान्छन् ।
शाखाका अनुसार सन् २०१२ देखि शुरु सीबीटीमा आधारित परीक्षा उत्र्तीण गरेर अहिलेसम्म छ हजार नेपाली युवा रोजगारीका लागि दक्षिण कोरिया पुगिसकेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएप्पलले आगामी ३ वर्षमा भारतमा ५ लाखलाई रोजगारी दिने
बैशाख १०, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
नेपालबहस संवाददाता
बैशाख १४, २०८१ शुक्रबार
इलाम उपनिर्वाचनमा कांग्रेस
यज्ञप्रसाद भट्टराई
बैशाख १२, २०८१ बुधबार
तीनदिने अनुसन्धनात्मक लेखन कार्यशाला तथा तालिम सुरु
बैशाख १४, २०८१ शुक्रबार
आफूलाई चोख्याउने गरी गृहमन्त्री रविको ठाडो प्रस्तावमा प्रधानमन्त्री र मुख्यसचिव किन भए चुप ?
बैशाख १४, २०८१ शुक्रबार
अमेरिकी रिपोर्टः नेपालमा सबै प्रकारका यौन तस्करीमा छुट, घुस बिना चल्दैनन् नेपालका अदालत
बैशाख १४, २०८१ शुक्रबार
होस गरौँ, एआईले लाखौंलाई बनाउँदैछ बेरोजगार
बैशाख १५, २०८१ शनिबार
इलामको एउटा मतदान केन्द्रमा २ घण्टासम्म नक्कली मतपत्रमा मतदान
बैशाख १५, २०८१ शनिबार
उपनिर्वाचनको मतदान जारी, इलाममा १९ र बझाङमा ११ उम्मेदवार प्रतिस्पर्धामा
बैशाख १५, २०८१ शनिबार
सिमेन्टको बोरा बोक्दै महिलाहरू
बैशाख १५, २०८१ शनिबार
फेवातालमा पौडी प्रतिस्पर्धा
बैशाख १५, २०८१ शनिबार
प्राथमिक तहमा शिक्षक माग, सात प्रदेशमा गरी ४४६२ पद
बैशाख १५, २०८१ शनिबार