निर्माणाधीन पोखरा विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ राख्न माग
इन्द्र रिजाल
फागुन १९, २०७५ आइतबार १५:५०:२२
पोखरा । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम स्व रवीन्द्र अधिकारीको नाममा पर्यटन व्यवसायीहरुले माग गरेका छन् । शनिबार पर्यटन व्यवसायीहरुको साझा संस्था पोखरा पर्यटन परिषदले एक विज्ञप्ती निकाल्दै सो विमानस्थललाई स्व अधिकारीको सम्झनामा ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग गरेको छ ।
परिषदका अध्यक्ष चिरञ्जीवी पोखरेलले स्व अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट सोच भएका लोकप्रिय युवानेता रहेको र उनकै पहलमा पोखरा विमानस्थलको निर्माण कार्यले गति लिएको भन्दै उनको सम्मानमा रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण गर्नुपर्ने बताए ।
गत बुधबार ‘फागुन १५’ का दिन विमानस्थल निर्माणसम्बन्धी कामले नै तेह्रथुप पुगेका तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा भई निधन भएपछि उनको सम्झनामा पोखरा विमानस्थलको नामाकरण गर्न माग गरिएको हो ।
स्व. अधिकारीले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाउन, संसदीय सार्वजनिक लेखा समितिको सदस्य, विकास समितिको सभापति हुँदै विमानस्थल निर्माण उच्चस्तरीय समितिको संयोजक भई कुशलतापूर्वक भूमिका निभाएको स्मरण गर्दै परिषदले उनको योगदानको उच्च मूल्यांकन हुनुपर्ने बताएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
चिया बगानको जग्गा आफूले बेचेर कांग्रेसमाथि आरोप लगाउन पाइन्छ ओली जी ?: देउवा
जेठ ३, २०८१ बिहिबार
यार्सागुम्बा संकलन गर्न जाँदै जुम्लाका स्थानीयवासी
जेठ ३, २०८१ बिहिबार
रारामा पर्यटकले प्लास्टिकजन्य फोहोर ल्याउन नपाउने
जेठ ३, २०८१ बिहिबार
इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सर्यो
जेठ ३, २०८१ बिहिबार