डलर बेच्दै भारु किन्दै : रेमिट्यान्सले धानेको अर्थतन्त्र धराशायी हुने क्रममा
इन्द्र रिजाल
फागुन २०, २०७५ सोमबार १६:३९:३९
काठमाडौं । बहुमुल्य विदेशी मुद्रा बिक्री गर्दैै भारतीय रुपैंया किन्ने नेपालको वाध्यता कायमै रहेको छ । चालु आर्थिक वर्ष २०७५।७६ को पहिलो छ महिनामा मात्रै नेपालले २ खर्ब ७४ अर्ब ५७ करोड नेपाली रुपैंया बरारबको भारु खरिद गरेको छ ।
यस अवधिमा २ अर्ब १६ करोड अमेरिकी डलर, २ करोड ८० लाख यूरो, २ करोड पाउण्ड स्टर्लिङ्ग, १८ अर्ब जापानी येन तथा २० करोड चिनीयाँ युआन बिक्री गरी रु.२ खर्ब ७४ अर्ब ५७ करोड बराबरको भारतीय रुपैँया खरिद भएको नेपाल राष्ट्र बैंकले हालै प्रकाशित गरेको मुुलुकको आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीतिको अद्र्ध–वार्षिक समीक्षामा उल्लेख गरिएको छ । नेपालीहरुले विप्रेषणका रुपमा कमाएर देशमा पठाएको ठूलो रकम भारु खरिद गर्न प्रयोग भई रहेको अर्थविद्हरुको भनाई रहँदै आएको छ ।
भारतको अर्थतन्त्रलाई फाइदा हुने गरी मुलुकको समग्र अर्थनीति तर्जुमा गरी लागु गर्ने प्रचलनका कारण भारततर्फको निकासी वृद्धि हुन सकिरहेको छैन भने नेपाली बजार भारतका उत्पादनका लागि आकर्षक बजारका रुपमा स्थापित भईरहेको छ । स्वदेशमा उत्पादनको वातावरण दिनानुदिन विग्रिदै गएको र लगानीका लागि शर्तमाथि शर्त स्थापित हुँदै गएको र सामाजिक सुरक्षाका नाममा उद्यमीहरुले धान्नै नसक्ने खालको प्रावधान राखेर नेपालमा उद्योग खोल्ने कार्य सदाका लागि बन्द गर्ने षडयन्त्र भईरहँदा भविष्यमा नेपालीको रेमिट्यान्स भारु खरिद गर्न अझ प्रयोग हुने लगभग निश्चित छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
बारामा चोरी सिकारी समूह सक्रिय, वन कार्यालय छेउमै हरिणको सिकार
नेपालबहस संवाददाता
बैशाख ३१, २०८१ सोमबार
पेट्रोलियम पदार्थको मूल्य घट्यो
जेठ २, २०८१ बुधबार
जसपा विभाजनमा निर्वाचन आयोगको निर्णय यथास्थितिमा राख्न सर्वाेच्चको आदेश
जेठ २, २०८१ बुधबार
सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै
जेठ २, २०८१ बुधबार
यार्सागुम्बा संकलन गर्न जाँदै जुम्लाका स्थानीयवासी
जेठ ३, २०८१ बिहिबार
रारामा पर्यटकले प्लास्टिकजन्य फोहोर ल्याउन नपाउने
जेठ ३, २०८१ बिहिबार
इजरायली प्रधानमन्त्री नेतान्याहुसँग रक्षामन्त्री असन्तुष्ट
जेठ ३, २०८१ बिहिबार
प्रतिनिधिसभाको बैठक ४ बजेका लागि सर्यो
जेठ ३, २०८१ बिहिबार
मकवानपुरमा दुर्घटना हुँदा दुईजनाको मृत्यु, चार घाइते
जेठ ३, २०८१ बिहिबार