आजबाट लगानी सम्मेलन, प्रधानमन्त्री ओलीले भव्य समारोहका बीच उद्घाटन गर्ने
इन्द्र रिजाल
चैत १५, २०७५ शुक्रबार १३:२६:२७
काठमाडौं । लगानी बोर्डको आयोजनामा काठमाडौंमा आजबाट लगानी सम्मेलनको सुरु हुने भएको छ । सम्मेलनको तयारीबारे प्रधानमन्त्री, मन्त्रीहरू, उच्च सरकारी अधिकारी र निजी क्षेत्रका प्रतिनिधिलाई हिजो ‘ब्रिफिङ’ गर्दै बोर्डले सबै तयारी पूरा भएको जनाएको हो ।
चैत १५ र १६ गते हुने लगानी सम्मेलनमा सहभागी जनाउने लगानीकर्तासँग पूर्व निर्धारित विकास साझेदारीका योजनामा हस्ताक्षर गर्ने भएको छ । लगानी सम्मेलनको पूर्व सन्ध्यामा अर्थ मन्त्रालयमा आयोजित विशेष पत्रकार सम्मेलनमा अर्थमन्त्री युवराज खतिवडाले पूर्व तयारी भएका योजनाहरुको एमओयु समेत हुने बताए ।
उनले स्वदेशी अथवा विदेशी लगानीकर्तालाई ऋण लगायतका विषयमा परामर्श हुने जानकारी दिए । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा एक भव्य समारोहका बीच उद्घाटन गर्ने सम्मेलनमा विभिन्न ४० मुलुकका उच्च स्तरीय प्रतिनिधिमण्डल लगायत ६ सय भन्दा बढि विदेशी लगानीकर्ताहरुको उपस्थिति रहनेछन् ।
सम्मेलनको पहिलो दिन सरकारको तर्फबाट लगानीस्को अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारबारे प्रस्तुतिकरण, नेपालमा लगानी गरिरहेका लगानीकर्ताको अनुभव, अन्तर्राष्ट्रिय लगानीर्कताहरुको लगानी सम्बन्धी अनुभव सहति सातवटा विषयगत सत्रहरु संचालना हुनेछन् । यस्तै, सम्मेलनको दोस्रो दिन दुईवटा क्षेत्रगत र तीनवटा प्लेनरी सत्रहरु संचालन गरिने मन्त्रीको भनाइ छ ।
यता, निजी क्षेत्रले समेत सम्मलेनमा सहभागी जनाउनुका साथै सम्मेलनलाई सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ । सरकारले मुलुकले समृद्धिको अभियान सुरु गरेकाले त्यसमा साथ दिने निजी क्षेत्रको भनाइ छ ।
को–को आए सम्मेलनमा
लगानी सम्मेलनका लागी विश्व बैंकका उपाध्यक्ष हार्टवीग स्याफर, म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यू थाउङ टुन, अन्तर्राष्ट्रिय वित्त निगमका आर्थिक तथा निजी क्षेत्र विकाससम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एशियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालन उपाध्यक्ष डोङ ली नेपाल आउने भएका छन् ।
त्यस्तै एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंकको लगानी प्रत्याभूति सम्बन्धी निकायका उपाध्यक्ष केइको होण्डा नेपाल आउँदैन् । पावर चाइना, अमेजन, माईक्रोसफ्ट, चाइना रेलवे, डाबर र युनिलिभर लगायतका विश्वप्रसिद्ध कम्पनीहरुका उच्चपदस्थ प्रतिनिधिहरु पनि सम्मेलमा सहभागी हुने अर्थ मन्त्रालयले जनाएको छ ।
पाहुनाको स्वास्थ्य हेरचाहका लागि सरकारी अस्पताल ?
यसैबिच, सरकारले लगानी सम्मेलनमा सहभागी हुन आउने पाउनाहरुको लागि ६ ओटा अस्पतालहरु तयारी अवस्थामा राखेको छ । आगामी शुक्रबार र शनिबार हुने लगानी सम्मेलनका लागि सरकारले उपत्यकाका छ वटा सरकारी अस्पताल तयारी अवस्थामा राखेको हो ।
फाइल फोटो
सरकारले सम्मेलनमा सहभागी हुन आउने पाहुनाहरूमा देखिन सक्ने आकस्मिक स्वास्थ्य समस्यालाई ध्यानमा राख्दै छ वटा अस्पताललाई तयारीमा राखेको हो । तयारी अवस्थामा रहने अस्पतालमा वीर अस्पताल, निजामती अस्पताल, त्रिवि शिक्षण अस्पताल, सैनिक अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर अस्पताललाई तयारी अवस्थामा राखेको छ ।
ती अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीहरू सर्जन, नर्स, प्यारामेडिक्स लगायतको टोलीसमेत तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपस्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार