प्रधानमन्त्री ओली भन्छन्, लगानीका लागि नेपाल ‘भर्जिनल्याण्ड’ हो !
इन्द्र रिजाल
चैत १५, २०७५ शुक्रबार १६:१७:४८
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लगानीका लागि नेपाल ‘भर्जिनल्याण्ड’ भएको बताएका छन् । आजबाट काठमाडौंमा सुरु भएको दुई दिने लगानी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गरे ।
उनले तीन करोड नेपालीको जीवनस्तर सुधार्न सरकारले काम गरिरहेको भन्दै विदेशी लगानीका लागि व्यवसाय गर्ने वातावरणमा धेरै सुधार गरेको बताए। उनले नेपालमा राजनीतिक स्थायित्व मात्रै नभई नीतिगत स्थायित्व पनि भएको बताए।
प्रधानमन्त्री ओलीले आर्थिक समृद्धिबिना राजनीतिक परिवर्तन दीगो नहुने भन्दै सरकारले द्रूततर आर्थिक विकासमा जोड दिएको बताए। उनले नेपालले सन् २०२३ सम्ममा मध्य आय भएको मुलुक बन्ने र सन् २०३० सम्ममा दीगो विकास लक्ष्य हासिल गर्ने लक्ष्य लिएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले दुई अंकको आर्थिक बृद्धि गर्न सरकारलाई ५ वर्षभित्र ९८ खर्ब रुपैयाँ आवश्यक पर्ने भन्दै वैदेशिक लगानी आवश्यक परेको प्रष्ट पारे। प्रधानमन्त्री ओलीले सरकारले कर र उद्योग दर्ता प्रक्रियालाई पूर्णरुपमा स्वचालित बनाउने योजना बनाएको जानकारी दिए।
उनले लगानीको लागि नेपाल उदार देश भएको भन्दै सरकारले सबै क्षेत्रमा लगानी खुला गरेको बताए। उनले मापदण्ड पूरा गर्ने लगानीलाई कर छुटको प्रतिबद्धता कानुनमा उल्लेख भएको भन्दै लगानीकर्ताको लागि यो अवसर भएको बताए।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार
५ लाख धरौटीमा छुटे गायक रवि ओड
जेठ ४, २०८१ शुक्रबार
जेठ ७ गते प्रधानमन्त्री प्रचण्डले चौथो पटक विश्वासको मत लिने
जेठ ४, २०८१ शुक्रबार