अमेरिका–चीन व्यापार वार्ता सम्पन्न, वार्ता निकै “रचनात्मक”
इन्द्र रिजाल
चैत १५, २०७५ शनिबार ०:७:१६
बेइजिङ । संयुक्तराज्य अमेरिका र चीनबीच पछिल्लो चरणको व्यापार वार्ता बेइजिङमा शुक्रबार सम्पन्न भएको छ । वार्तामा सहभागी दुबै मुलुकका व्यापार प्रतिनिधिहरुले छलफल निकै “रचनात्मक” रहेको बताउँदै अर्को साता वासिङ्टन डिसीमा दोस्रो चरणको वार्ता हुने बताएका छन् ।
विश्वका सर्वाधिक दुई ठूला अर्थतन्त्र रहेका मुलुक अमेरिका र चीनबीच उत्पन्न व्यापार गतिरोधलाई सहमतिमा टुङ्ग्याउने प्रयत्नस्वरुप केही महिनादेखि दुबै देशका वरिष्ट अधिकारीहरुको वार्ता घनिभूतरुपमा अगाडि बढेको छ ।
अमेरिकी प्रमुख व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन बेइजिङ वार्तामा सहभागी हुनुभएको थियो । चीनका तर्फबाट उपप्रधानमन्त्री एवं वरिष्ट आर्थिक अधिकारी लिऊ हेले चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । चीनको जनकङ्ग्रेसले विदेशी लगानीको सुरक्षासम्बन्धी कानुन पारित गरेपछि यो पहिलो वार्ता भएको हो ।
अमेरिकी अर्थमन्त्री मन्चिनले ट्वीट गर्दै बेइजिङ वार्ता निकै रचनात्मक रहेको बताए । उनले वार्तामा भएको प्रगतिका बारेमा विस्तृत विवरण दिन अस्वीकार गरे । “म चिनियाँ उपप्रधानमन्त्रीलाई अर्को साता वासिङ्टनमा भेट्न चाहन्छौं, र वार्तालाई निरन्तरता दिन चाहन्छौं ।”वार्तामा चीनको केन्द्रीय बैंकका गभर्नर पनि सहभागी थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई मुलुकबीचको व्यापार वार्ता चाँडै टुङ्गिने विश्वास व्यक्त गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यापार वार्ताका विषयमा शिखर वार्ता गर्न आफू प्रतिक्षारत रहेको बताएका छन्, तर वार्तामा केही मुलभूत विषयमा सहमति जुट्न बाँकी रहेको दुबै देशका प्रतिनिधिहरुले बताए पनि विस्तृत विवरण दिइएको छैन ।
अमेरिकी राष्ट्रपतिका आर्थिक सल्लाहकार ल्यारी कुड्लोले वासिङ्टनमा बोल्दै व्यापार वार्ता निकै जटिल प्रक्रिया रहेकाले सहमतिका लागि आवश्यकता अनुसार हप्तौं वा महिना दिनपनि लाग्नसक्ने बताए। दुबै देशबीचको वार्ता नीति र कार्यान्वयनमा निर्भर रहने कुड्लोले स्पष्ट गरे ।चिनियाँ वाणिज्य मन्त्रालयले अझै पनि धेरै विषयमा सहमति खोज्न बाँकी रहेको बताउँदै अर्को प्रत्यक्ष वार्ता वासिङ्टन डिसीमा चाँडै हुने जनाएको छ ।
अमेरिका र चीनले एकअर्का मुलुकका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । यो करवृद्धि हाल १० प्रतिशत रहे पनि व्यापार वार्तामा सहमति नभए २५ प्रतिशत पु¥याइने अमेरिकी राष्ट्रपतिले चेतावनी दिए ।
अमेरिकाले खासगरी अमेरिकी प्रविधि जबर्जस्ती चीनले चोरी गरेको, बौद्धिक सम्पत्तिको संरक्षण गर्न नसकेको, चिनियाँ बजार विदेशी कम्पनीहरुका लागि खुला नगरेको तथा चिनियाँ कम्पनीहरुलाई सरकारले अनेक सहुलियत उपलब्ध गराएर विदेशी कम्पनीको प्रतिस्पर्धी क्षमता कमजोर बनाएको आरोप लगाएको छ ।
चीनको संरक्षणमुखी नीतिकै कारण अमेरिकासँग चीनको व्यापार घाटा छ खर्ब डलरभन्दा माथि पुगिसकेको अमेरिकी भनाई छ ।चीनले अमेरिकी आरोपको खण्डन गरिरहेको छ । चीनले खुला विश्व व्यापारमा अमेरिकी नीतिहरु बाधक बन्न थालेको र अमेरिकी राष्ट्रपतिका नीतिहरु संरक्षणवादी शैलीका रहेको बताउँदै आएको छ ।
चीनले अमेरिकी नीतिको विरोध गर्दै विश्व व्यापार संगठनमा समेत उजूरी गरेको छ । चीनले अमेरिकी नीतिका कारण विश्व बजारमा नकारात्मक असर परेको तथा विश्वको आर्थिक वृद्धिमै सङ्कट उत्पन्न हुन थालेको बताएको छ । रासस
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपसहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
गिरीबन्धु टि स्टेटको जग्गा किनबेचमा पुनरावलोकन गर्न नपाइने, नैतिक संकटमा ओली
जेठ २, २०८१ बुधबार
दैनिक सूर्य नमस्कार गर्दा यी १० समस्याबाट छुटकारा मिल्छ
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
जङ्गली जनावरको आक्रमणबाट सातजनाको मृत्यु
जेठ ३, २०८१ बिहिबार
कार्तिक आर्यन पहिलो पटक एलियनको अवतारमा
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
संसद भवनमा विपक्षी दल, सिंहदरबारमा सत्ता पक्ष
जेठ ४, २०८१ शुक्रबार
स्थायी निक्षेप सुविधामा हेरफेर, सवारी साधन र घरजग्गा कर्जामा राष्ट्र बैंक लचक
जेठ ४, २०८१ शुक्रबार
चोभारमा अवस्थित मञ्जुश्री पार्क र आसपासको दृश्य
जेठ ४, २०८१ शुक्रबार
‘पुजार सार्की’मा आर्यन : विगतभन्दा 'टफ' भूमिका, लुक्समा आफ्नै पिताको नक्कल
जेठ ४, २०८१ शुक्रबार