इण्डियन प्रिमियर लिग : दिल्लीको खेल आज, सन्दीप अटाउलान ?
इन्द्र रिजाल
चैत १८, २०७५ सोमबार १६:४४:२८
एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेटमा आज ‘सोमबार’ एक खेल हुँदैछ ।
सोमबार नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर रहेको दिल्ली क्यापिटल्स र किङ्गस इलाभेन पन्जाबबीच खेल हुनेछ । चन्द्रिगढमा पन्जाब र दिल्लीबीचको खेल बेलुका ८: १५ मा सुरु हुनेछ ।
बिन्द्रा स्टेडियममा दुवै टोली तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । दुवै टोलीले अघिल्ला ३ खेलमा एक हार र २ जित निकालेका थिए ।
पाँचौ स्थानको पन्जाबको ४ अंक छ । यस्तै चौथो स्थानको दिल्लीको पनि ४ अंक रहेको छ । दुई टोलीबीचको पछिल्ला पाँच भेटमा पन्जाब बलियो देखिएको छ । पन्जाबले ४ खेल जित्दा दिल्लीले एक मात्र खेल जितेको छ ।
पन्जाबविरुद्ध दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई मैदान उत्राने सम्भावना बलियो रहेको छ । दिल्लीले सुरुवाती दुई खेलमा सन्दीपलाई खेलाएको थिएन् । तर, सन्दीपले तेस्रो खेल कोलकत्ता नाइट राइडर्सविरुद्ध दिल्लीको टोलीमा स्थान बनाएका थिए ।
कोलकत्ताविरुद्ध सन्दीपले पुरै ४ ओभर बलिङ गर्दै २९ रन खर्चिएर १ विकेट लिएका थिए । यस्तै सन्दीपले एक खेलाडीलाई रन आउट गराए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपराष्ट्रपति पौडेलले दिए क्रिकेट खेलाडीलाई शुभकामना
बैशाख २२, २०८१ शनिबार
अन्तिम खेलमा वेस्ट इन्डिजविरुद्ध नेपाल ६ विकेटले विजयी
बैशाख २२, २०८१ शनिबार
वेस्ट इण्डिजले नेपाललाई दियो १७३ रनको लक्ष्य
बैशाख २२, २०८१ शनिबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
आज बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २४, २०८१ सोमबार
अशोक राईसँगको 'ब्रेकअप'ले राजनीतिक यात्राको कमजोर घुम्तीमा उपेन्द्र !
बैशाख २४, २०८१ सोमबार
जापानी विदेशमन्त्री योको स्वदेश फिर्ता
बैशाख २४, २०८१ सोमबार
आज कस्तो रहला दिनभरको मौसम ?
बैशाख २४, २०८१ सोमबार
बाँकेमा १०५ आगलागीका घटना, ५ हजार हेक्टर वनमा डढेलो
बैशाख २४, २०८१ सोमबार
लखनउमाथि कोलकोता ९८ रनले विजयी
बैशाख २४, २०८१ सोमबार