कांग्रेस आई सम्बद्ध छ सय फेसबुक पेज बन्द
इन्द्र रिजाल
चैत १८, २०७५ मंगलबार ०:२६:३५
एजेन्सी । फेसबुकले भारतको प्रमुख विपक्षी दल कांग्रेस आई पार्टीसँग सम्बन्ध भएका छ सयवटा भन्दा बढी पेजहरू हटाइदिएको जनाएको छ।
फेकन्यूज भनिने मिथ्या समाचार फैलिनबाट रोक्न सरकारहरूले थप कदम चाल्नुपर्छ भनि फेसबुकका प्रमुख कार्यकारी मार्क जुकरबर्गले आह्वान गरेकाे एकदिन पछि यस्तो कदम चालिएको हाे ।
उक्त सामाजिक संजालले फेकन्यूजको समस्यालाई गम्भिरतापूर्वक लिएको भन्ने देखाउन पनि सो कदम चालिएको हुनसक्छ। तर उक्त कम्पनीले भारतीय कङ्ग्रेस पार्टीसँग सम्बद्ध त्यति धेरै पेजहरूलाई निशाना बनाएको घटना राजनीतिक दृष्टिले पनि उल्लेखनिय छ।
आगामी ११ एप्रिलदेखि भारतमा आमनिर्वाचनमा मतदान आरम्भ हुँदैछ। अर्को सत्ताधारी भारतीय जनता पार्टी बीजेपी इन्टरनेटको सामाजिक सञ्जालको कुशल संचालनमा बढी पोख्त ठानिन्छ। र उक्त पार्टीका समर्थकहरूलाई पार्टीका विरोधी र आलोचकहरू विरुद्ध नराम्रो रूपमा प्रस्तुत हुने गरेको आरोप लाग्ने गर्दछ।
अब सार्वजनिक रूपमा नै फेसबुकले पेजहरू बन्द गरिदिएको घोषणा गरिदिएपछि कंग्रेस पार्टीका लागि यो लाजमर्दो अवस्था बन्न पुगेको छ भने यसबाट बीजेपीलाई नैतिक दृष्टिले बल मिलेको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई राजनीतिक विरोधीहरूले घृणाको अभियान चलाएर निशाना बनाउने गरेको प्रायःजसो आरोप लगाउने गर्दथे । अब यो घटनापछि उनलाई आफ्नो दावीलाई बलियो बनाउन सहयोगी अवसर प्राप्त हुन सक्नेछ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
जसपापछि नेकपा एसलाई फूटाउने कोसिस
बैशाख २३, २०८१ आइतबार
जंगलमा आगो लगाउने व्यक्ति पक्राउ
बैशाख २३, २०८१ आइतबार
ढकमक्क फुलेका ज्याकाराण्डा
बैशाख २४, २०८१ सोमबार
चोरले निलेको एक तोला सुन ३६ घण्टापछि दिसाबाट निकालियो
बैशाख २४, २०८१ सोमबार
अतिक्रमण गरी बनाएको घरटहरा हटाउँदै
बैशाख २४, २०८१ सोमबार
एनआईसी एशिया बैंकद्धारा विभिन्न विद्यालयमा पुस्तकालय निर्माण गरेर हस्तान्तरण
बैशाख २४, २०८१ सोमबार
समयमा पानी नपरेपछि अदुवा उत्पादक कृषक मारमा
बैशाख २४, २०८१ सोमबार
पोखरा–सेतीवेणी–रिडी सडकको ट्रयाक खुल्यो
बैशाख २४, २०८१ सोमबार