महिला हिंसा न्यूनिकरणका लागि नेपाल प्रहरीको जवाफदेहिता
इन्द्र रिजाल
चैत १९, २०७५ मंगलबार २०:९:४४
धनुषा । राष्ट्रिय मानव अधिकार आयोग हरिहरभवन पुलचोक ललितपुरको आयोजना, मुख्य न्यायाधिवक्ताको कार्यालय जनकपुर धनुषाको सहआयोजना तथा प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौंको सहकार्यमा “प्रदेश स्तरीय महिला हिंसा न्यूनिकरण, मानव अधिकारको संरक्षण एवं सुरक्षा नेपाल प्रहरीको जवाफदेहिता” विषयक राष्ट्रिय अभियान सोमबार धनुषामा सम्पन्न भएको छ ।
धनुषा जनकपुर उपमहानगरपालिका-२२ स्थित वेलकम होटलमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल प्रहरीकोतर्फबाट प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले सहभागितामा महिला हिंसा न्यूनिकरणका लागि नेपाल प्रहरीको जवाफदेहिता कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेशस्थित सरोकारवाला सम्बन्धित निकायहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेपालको संबिधानले महिलाको हक सम्बन्धि गरेको ब्यवस्था, बिभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौताहरुले महिलालाई प्रदान गरेका सेवा र सुरक्षा, महिला हिंसा बिरुद्दको अपराधमा प्रचलित कानुनले गरेको ब्यवस्था, मानवअधिकार विषयक लगायतका २ नम्बर प्रदेश अन्तर्गतका ८ वटा जिल्लाहरुमा ३३ वटा महिला तथा वालवालिका सेवा केन्द्रहरु स्थापना गरी प्रदान गरिएका सेवाहरु, भइरहेका कारवाही र प्रगति सम्बन्धमा छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा प्रदेश २ का सांसदहरु, प्रमुख जिल्ला अधिकारीहरु, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरु, विभिन्न संघ संस्थाका पदाधिकारिहरु लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपट्राफिकको यान्त्रिक चेकिङमा ५३ जना चालकमाथि कारबाही
जेठ २, २०८१ बुधबार
अबैध मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा
जेठ २, २०८१ बुधबार
अनलाइन सट्टेबाजीमा २ अर्बमाथि अवैध कारोबार गरेको आरोपमा काभ्रेका मदन ढुंगाना पक्राउ
बैशाख ३१, २०८१ सोमबार
क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
नेपालबहस संवाददाता
जेठ १, २०८१ मंगलबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ४, २०८१ शुक्रबार
कोदोखेतीतर्फ पर्वतका किसानको आकर्षण बढ्दै
जेठ ४, २०८१ शुक्रबार
हात्ती धपाउन अत्याधुनिक ‘ड्रोन’को प्रयोग
जेठ ४, २०८१ शुक्रबार
चिकित्सकको आन्दोलन फिर्ता भएसँगै सेवा सञ्चालन
जेठ ४, २०८१ शुक्रबार
राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्रीले सदनको अवरोधको विषयमा कांग्रेससँग छलफल गर्दै
जेठ ४, २०८१ शुक्रबार