सनराइज बैंकमा लगानीको अवसर ? वार्षिक १०% ब्याज, अर्धबार्षिक भुक्तानी
इन्द्र रिजाल
चैत २०, २०७५ बुधबार १७:३१:४९
काठमाडौं । लगानीयोग्य पूँजी जुटाउन अर्थात तरलता अभाव कम गर्न सनराइज बैंकले आजदेखि एक अर्ब रुपैयाँ बराबरको ’१० सनराइज डिबेञ्चर २०८०’ ऋणपत्र बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा १० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो ।
अर्धवार्षिक रुपमा ब्याज पाईने यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइन्छ भने पाँच वर्षको छोटो अवधिमा उक्त ऋणपत्र परिपक्क हुनेछ । नेप्सेमा सुचीकृत भई कारोवार गर्न सकिने यो ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पनि पाइन्छ ।
बैंकले निष्काशन गरेको कूल १० लाख कित्तामध्ये ४० प्रतिशत अर्थात ४ लाख कित्ता सर्वसाधारणका लागि जारी गरिएको हो भने बाँकी ६० प्रतिशत अर्थात ६ लाख कित्ता व्यक्तिगत तवरबाट अन्य कम्पनीहरुलाई बिक्री गरिने बैंकले जनाएको छ।
ऋणपत्र बिक्री गर्न प्रभु क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । इच्छुक लगानीकर्ताले सि आश्वा अनुमति पाएका बैंक तथा वित्तीय संस्थाहरुबाट ऋणपत्रमा छिटोमा चैत २५ गते र उक्त अवधिमा बिक्री नभएको खण्डमा बैशाख १९ गतेसम्म आवेदन गर्न सक्नेछन् । यसका अलवा मेरो शेयरबाट पनि ऋणपत्र भर्न सकिनेछ।
आवेदन दिँदा न्यूनतम २५ कित्ता कित्ताको एक हजार रुपैयाँ दरले २५ हजार रुपैयाँदेखि ४ लाख कित्ता बराबरको ४० करोड रुपैयाँसम्म आवेदन गर्न सकिने व्यवस्था रहेको छ।
यसअघि कूल निष्काशनको २० प्रतिशत ऋणपत्र मात्र सर्वसाधारणमा बिक्रीमा आउने गरेकोमा मुद्रा तथा पूँजी बजार कार्यदलले दिएको सुझावका आधारमा धितोपत्र बोर्डले ४० प्रतिशत पुर्याएको हो ।
सनराइज बैंकले गत चैत १ गते ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
हाल एनएमबि बैंकको १२ लाख कित्ता ऋणपत्र बिक्रीको क्रममा छ । यस्तै प्रभु बैंकले एक अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता ऋणपत्र बिक्रीको प्रक्रियामा छन्।
ऋणपत्र निश्कासनमा बैंकहरुको प्रतिस्पर्धा, फेरि बल्झियो तरलता अभाव
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत बैंकिङ्ग प्रणालीमा तरलता अभावलाई कम गर्न अनिवार्य रुपमा दीर्घकालीन ऋणपत्र जारी गर्नुपर्ने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले प्राथमिक पूँजीको शत प्रतिशत ऋणपत्र जारी गर्न छुट दिएपश्चात लगानीयोग्य पूँजी अभावको मार झेलिरहेका सबै वाणिज्य बैंकहरु यतिखेर दीर्घकालीन लगानी जुटाउने अभियानमा लागेका छन् ।
बैंकिङ्ग प्रणालीमा कर्जा विस्तारको तुलनामा निक्षेप संकलन बढ्न नसक्दा तरलता कमी भई कर्जायोग्य लगानी रकमको अभाव फेरि बल्झिन थालेको छ । जसका कारण सबै वाणिज्य बैंकहरूको प्रथामिकतामा ऋणपत्र बिक्री परेको छ।
कर्जाको उच्च मागका कारण लगानीयोग्य रकम अभावका कारणले बैंकहरुले सीसीडी रेसियोलाई संन्तुलनमा राख्न तथा व्यवसाय विस्तारका लागि ऋणपत्रलाई बैकल्पिक औजारको रुपमा प्रयोग गर्न थालेका छन् ।
ऋणपत्र निक्षेप संकलनको दीर्घकालीन औजार भएका कारणले पनि बैंकहरुलाई अतिरिक्त पूँजी जुटाउन ऋणपत्र सहयोगी बन्दै आएको छ। एकपछि अर्को गर्दै वाणिज्य बैंकहरु ऋणपत्रलाई बैकल्पिक औजारको रुपमा प्रयोग गर्न थालेका छन् । तर बैंकको अपेक्षा अनुरुप ऋणपत्र भने बिक्री हुन सकेको छैन।
हेर्नुहाेस् निश्कासन सम्बन्धी व्यवस्था तथा विवरणहरू
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
भान्सामा राखिएका यी चिजले घरमा गरिबी ल्याउछ आजै हटाउनुहोस्
नेपालबहस संवाददाता
जेठ २, २०८१ बुधबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने
जेठ ४, २०८१ शुक्रबार
मधेस प्रदेशका चार जिल्लाको सीमानाका तीन दिन बन्द रहने
जेठ ४, २०८१ शुक्रबार
सशस्त्रका डीआईजी न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी
जेठ ४, २०८१ शुक्रबार
लेनडाँडा सुरुङमार्गको 'ब्रेक थ्रु'
जेठ ४, २०८१ शुक्रबार
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने
जेठ ४, २०८१ शुक्रबार
मालिक रिसाउनुमा यी ग्रहको भूमिका, जान्नुहोस् हाकिमको स्वभाव
जेठ ४, २०८१ शुक्रबार