६२ औं राष्ट्रिय सहकारी दिवस, सहकारी ऐन कानून बमोजिम चल्न नसकेकोमा चिन्ता
इन्द्र रिजाल
चैत २१, २०७५ बिहिबार १३:१३:२७
प्रकाश डोटेल
स्याङ्जा । “दिगो विकास लक्ष्यप्राप्तिको लागि सहकारी” भन्ने मुलनाराका साथ जिल्ला सहरकारी संघ लिमिटेडको आयोजनामा ६२ औं राष्ट्रिय सहकारी दिवस स्याङ्जामा पनि मनाईएको छ । संघको आयोजनामा जिल्ला सदरमुकाममा सहकारी दिवस मनाइएको हो ।
दिवसका अवसरमा आयोजित प्रबचन कार्यक्रममा बोल्ने वक्ताहरुले सहकारीहरु ऐन, नियम र कानून तथा सहकारीले अबलम्बन गर्नुपर्ने अवधारणलाई आत्मसाथ गर्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनीहरुले सहकारीले अपेक्षाकृत विकासमा टेवा पु¥याउनसमेत नसकेको बताए । सहकारी सेवामुलक बन्नुको सट्टा नाफामुलक बनेको वक्ताहरुको आरोप थियो ।
कार्यक्रममा बोल्दै स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले सहकारीले विकासमा महत्वपूर्ण साझेदार बन्न सक्ने भएकाले कृषि, पर्यटन र घरेलु उद्योगमा लगानी केन्द्रित गर्न आग्रह गरे । स–साना उत्पादनमुलक उद्योगको सारथी बनेर सहकारी समाज रुपान्तरणमा भूमिका खेल्नु पर्ने प्रजिअ निरौलाको जोड थियो ।
“ठूला विकास योजनाहरु सम्पन्न गर्न वाणिज्य तथा विकास बैंकहरु छन् ।”प्रजिअ निरौलाले भने, “साना उद्योग मार्फत गाउँठाउँमा सहकारीको लगानीले रोजगारी सृजना गर्न सक्छ ।” सहकारी लगानीको ठूलो हिस्सा रोजगारी मुलक क्षेत्रमा खर्च गर्न सके उपयुक्त हुने उनको भनाई थियो ।
कार्यक्रममा ने क पाका शैलेन्द्र घिमिरे, नेपाली कांग्रेसका जीवलाल काफ्ले, नयाँ शक्ति पार्टीका सोम नेपाली, उद्योग वाणिज्य संघका अध्यक्ष विक्रान्तकुमार श्रेष्ठ ‘सुवर्ण’ संघका पूर्व अध्यक्ष पुन्यप्रसाद अर्यालले सहकारीहरु सदस्यको आर्थिक उन्नतीको हिस्सेदार बन्नुको सट्टा ठूला शेयर सदस्यलाई नाफा दिन तल्लिन रहेको बताए ।
सोहि अवसरमा चेम्बर अफ कमर्श स्याङ्जाका अध्यक्ष नन्दकुमारी लम्साल, नेपाल बचत तथा ऋण सहकारी संस्थाका अनन्तकुमार श्रेष्ठ, जिल्ला बचत संघका रविन्द्रप्रसाद श्रेष्ठ, जिल्ला कफी व्यवसायी संघका ख्यामनारायण शर्मा लगायतले सहकारी सदस्यमैत्री बन्नुपर्ने विचार व्यक्त गरे ।
संघको कार्यालय अभियानपथबाट बाजागाजा सहितनिस्केको ¥यालिले सदरमुकाम परिक्रमा पश्चात आयोजित प्रवचन कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका मन्त्री दिनेश अर्याल, नेपाल पत्रकार महासंघ स्याङ्जाका निर्वतमान अध्यक्ष प्रकाश डोटेल, जिल्ला सहकारी संघका सदस्य कविता गैह्ै, प्रारम्भिक सहकारी लोकनाथ रेग्मी, स्याङ्जा रेडियोका उपाध्यक्ष बेदप्रसाद दोरङ्गाले सहकारी दिवसमा शुभकामनाव्यक्त गरे ।
जिल्ला सहकारी संघका अध्यक्ष केशवराज लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संघका सचिव टिकाराम रेग्मीले गरेका थिए ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपविनिमय दर: डलर स्थिर रहँदा युराे र पाउण्ड घट्याे
बैशाख २०, २०८१ बिहिबार
विदेशी मुद्राको विनिमय दर : आज कतिमा हुँदैछ कारोबार ?
बैशाख १७, २०८१ सोमबार
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
बैशाख १३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
जेठ ६, २०८१ आइतबार
संघीय संसदका दुवै सदनको बैठक बस्दै
जेठ ६, २०८१ आइतबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले आजदेखि आन्दोलन गर्दै
जेठ ६, २०८१ आइतबार
देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
जेठ ६, २०८१ आइतबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार