जुम्ली किसानले राखे कालीमार्सी र रातीमार्सी धानको बेर्ना
इन्द्र रिजाल
चैत २१, २०७५ बिहिबार १३:४१:५९
खलङ्गा । किसानहरूले जुम्लाको प्रसिद्ध कालीमार्सी र रातीमार्सी धानको बेर्ना राखेका छन् । परम्परागत संस्कारअनुसार चैत २० गते उमारेर टुसा भएको धानको बेर्ना राख्ने गरिन्छ । सोहीअनुसार बुधबार किसानले टुसा उमारेको धानको बेर्ना राखेका हुन् ।
पुरानो संस्कारअनुसार चैत १२ गते बिउ पानीमा बोराहरुमा राखेर भिजाइन्छ, १६ गते बाहिर निकालिन्छ र २० गते बेर्नामा छरिन्छ । हरेक वर्ष चैत २० गते कर्णालीमार्सी धानको बिउ घरमै उत्पादन गरी बेर्नामा छर्ने गरिन्छ । चैत १२ लाई यहाँको संस्कारमा विच्छेति पनि भनिन्छ अर्थात धानको बिउ बोरामा पानीमा भिजाई राख्ने दिनलाई यहाँ धान उत्पादनको आरम्भ दिनको रुपमा लिइन्छ ।
यहाँको चलन अनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, कनकासुन्दरी, मष्टो, कालिका, मालिका देवतालाई र आआफ्ना कुल देवतालाई सम्झेर चैत १२ गतेबाट धान उत्पादन शुरु गरिन्छ ।
विशेषगरी जुम्लामा चन्दननाथ बाबाले दिएको उपदेशको आधारमा धान खेतीको शुरुआत गरेको पाइन्छ । श्री शाके ९६३ अर्थात विसं १०९८ सालमा जुम्लामा धान खेती शुरुआत गरेको पाइन्छ । पुरै विशाल खस सिञ्जा राज्यभरि विसं १११२ मा धानको खेती लगाएको इतिहास छ ।
चैत १२ गते विभिन्न तरिकाले बिउ राखी २० गते बेर्नामा लगरे छर्न तथा आफन्त र छोरी कुटुम्बलाई बोलाई मिठो भोजन गराउनु भनी चन्दननाथ बाबाले उपदेश दिएको भन्ने किंवदन्ती रहेको छ । चैत १६ गते भिजाएको धानको चिउरा कुटने र खाने चलन रहेको छ ।
मार्सी धानको खेतीको प्रक्रियासँगै यसको महत्व पनि उतिकै मानिदै आएको छ । मार्सी धानलाई विभिन्न रोगको औषधिको रूपमा पनि प्रयोग गरिन्छ । यसको रातो भातकोे खीर निकै स्वादिलो हुन्छ । इतिहासमा पहिला राजपरिवारमा पनि जुम्लाकै मार्सी धान पठाउने गरिन्थ्यो ।
अहिले पनि अधिकांश व्यक्तिहरुले यसको प्रयोग गरेको पाइन्छ । नेकपाका अध्यक्षहरु प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जुम्ली मार्सी धानको भात खाएको सार्वजनिक भएसँगै यसको लोकप्रियता एकाएक बढेको हो । अहिले नेपाली बजारमा यसको माग बढिरहेको छ ।
जुम्लामा धेरै पहिलादेखि मार्सी धानको खेती सुरु भए पनि विश्वकै अग्लो स्थानमा धान फल्ले छुम चौरमा यसको खेती कम हुँदै गएको स्थानीय कलीमान महताराले बताए ।
पछिल्लो समय जुम्लामा कीटनाशक औषधिको प्रयोग र पानीका मुहान सुक्दै जानाले यसको खेतीमा ह्रास आएको छ । ऐतिहासिक कालीमार्सी धानलाई जोगाउन जुम्लालाई प्राङ्गारिक जिल्ला घोषणा गरिए पनि उचित सिँचाइको व्यवस्था नहुँदा यसको उत्पादन बढाउन सकिएको छैन ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबजारमा माग बढेपछि जुनेलो र फापरखेती गर्दै किसान
जेठ ३, २०८१ बिहिबार
विपन्नको जीवनस्तर उकास्न बाख्रा वितरण
जेठ ३, २०८१ बिहिबार
तराईको गर्मीमा पनि लटरम्म स्याउ
जेठ ३, २०८१ बिहिबार
सिद्धार्थ बैंकको प्रमुख आम्दानी नै घट्यो, वितरण योग्य मुनाफा २७ करोड माइनसमा
जेठ ३, २०८१ बिहिबार
केपी ओलीले मदन भण्डारीका ‘हत्यारा’ लुकाएकै हुन् ?
जेठ ३, २०८१ बिहिबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै
जेठ ४, २०८१ शुक्रबार
संसदीय दलको बैठकपछि संसद अवरोधबारे विपक्षी दलहरुसँग छलफल गर्दै कांग्रेस
जेठ ४, २०८१ शुक्रबार
आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै
जेठ ४, २०८१ शुक्रबार