यस्तो छ, प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ बर्षमा नयाँ योजना !
इन्द्र रिजाल
चैत २१, २०७५ बिहिबार २१:३४:१४
काठमाडौं । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नयाँ वर्षमा नयाँ योजना गर्ने बुझिएको छ । उनी नयाँ बर्षको अवसरमा २०७६ मा कर्णाली प्रदेश जाने भएका छन् ।
नयाँ बर्षमा कर्णालीमा पुगेर सम्बोधन गर्नेगरि अहिलेदेखि नै प्रधानमन्त्री आन्तरिक तयारीमा जुटेका छन् । विकास र समृद्धिलाई सुरुवातदेखि नै जोड दिँदै आएका प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीलाई मूल मन्त्र बनाएका छन् ।
प्रधानमन्त्री ओलीले नयाँ वर्षमा अहिले भएका आफ्ना सल्लाहकार र सहयोगीको टिमलाई हटाएर नयाँ टिम बनाउने पनि तयारी गरेको उनी निकट उच्च स्रोतले नाम नबताउने सर्तमा बताएको छ ।
त्यस्तै, मन्त्रीहरुको प्रस्तुति पनि चित्तबुझ्दो नभएकोले केही मन्त्रीहरु हटाएर उनीहरुको ठाउँमा काम गर्नसक्ने र आफ्नो ‘स्पिरिट’ समात्न सक्नेलाई ल्याउने प्रधानमन्त्रीको तयारी रहेको बाहिर आएको छ ।
त्यस्तै, पार्टीभित्रको एकताको कामलाई द्रुत गतिमा अघि बढाउनेपनि प्रधानमन्त्री ओलीको योजना छ । प्रधानमन्त्रीनिकट स्रोतले भन्यो,‘पार्टीभित्रको एकता प्रक्रिया टुँगो लगाउनको लागि प्रधानमन्त्रीज्यू गम्भिर भएर लाग्नुभएको छ।’
नयाँ बर्षमा प्रधानमन्त्रीको नयाँ योजनाले अब कस्तो गति लिन्छ, होला भन्ने प्रश्न आमको हो । यी सबै काम गर्नको लागि प्रधानमन्त्री ओलीले नयाँ वर्षलाई पर्खिरहेका छन् ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
सहकारी प्रकरणको छानबिन गर्नेबारे साझा धारणा बनाउँदै विपक्षी दल
जेठ ६, २०८१ आइतबार
संसदीय समितिको कार्यादेश आज टुंगो लगाइने
जेठ ६, २०८१ आइतबार
अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा थापा निर्वाचित
जेठ ६, २०८१ आइतबार
इरानमा दुई महिलासहित सात जनालाई फाँसी
जेठ ६, २०८१ आइतबार