रक्सी पारखीलाई खुशीको खबर ! २४ क्यारेटको एम्पेरर स्कच बजारमा
इन्द्र रिजाल
चैत २१, २०७५ शुक्रबार ०:३६:०
काठमाडौं । रक्सी पारखीहरुका लागि अभनिश डिष्टिलरी प्रा. लि.ले बहुप्रतिक्षित एम्पेरर २४ क्यारेट स्कच माल्टस्को बिक्रीवितरण काठमाडौंमा शुरु गरेको छ । व्यापार,बजार तथा उपभोक्ताहरु माझ निकै चर्चा बटुल्न सफल रहेको यस उत्पादनमा रहेका गुण र विशेषताहरु बजारमा पाइने रक्सीका अन्य उत्पादनहरुमा नपाइने दावी कम्पनीले गरेको छ ।
कम्पनीका अनुसार २०७४ साल असोजमा यसै कम्पनीले बजारमा ल्याएको एम्पेरर स्कच माल्टस्को अपार सफलता र सकारात्मक प्रतिक्रियालाई मध्यनजर गर्दै यसवर्ष एम्पेरर स्कच माल्टस् बजारमा ल्याइएको हो । उनी भन्छन् “एम्पेरर २४ क्यारेट एक विशेष उत्पादन हो जसमा नेपाली बजारमा पाइने अन्य कुनैपनि उत्पादनको तुलनामा धेरै स्कच माल्ट्सको मात्रा रहेको छ ।”
उनका अनुसार एम्पेरर २४ क्यारेट विशेषगरी नेपाली बजारका लागि स्कटल्याण्डको विश्वप्रसिद्ध माल्ट मास्टर डेभिड स्लोनले तयार गरेका हुन् । कम्पनीका अनुसार यो उत्पादन तयार गर्न लगभग एकवर्षको समय लागेको थियो । डबल फिल्ट्रेशन गरी शतप्रतिशत शुद्ध बनाइएको गोल्डेन ग्रेन स्पिरिटलाई ६ महिनासम्म प्रशोधन गरी स्क्टल्याण्डका उत्कृष्ट डिष्टिलरीहरुबाट आयातित ८ वर्ष पुरानो स्कचसँग मिसाएर एम्पेरर २४ क्यारेटको ब्लेण्ड तयार गरिएको हो ।
“बजारमा उपलब्ध थुप्रै किसिमका उत्पादनको तुलनामा एम्पेरर २४ क्यारेट निकैे राम्रो हुनुमा यसमा प्रयोग गरिएको उच्च गुणस्तरको कच्चा पदार्थ हो । साथै स्कटल्याण्डका विशिष्ट मास्टर ब्लेण्डर तथा डिष्टिलरीहरुसँगको हाम्रो सहकार्यले पनि एम्पेरर २४ क्यारेटलाई विशिष्ट श्रेणीको स्थानमा नेपाली बजारमा ल्याउन सफल भएका छौँ ।”
एम्पेरर २४ क्यारेटको भरपुर आनन्द लिनका लागि निट अथवा केवल दुईवटा बरफको टुक्रा राखेर पिउनुपर्ने यस कम्पनीको भनाई छ । ७५० मि. लि. एम्पेरर २४ क्यारेटको बजार मूल्य जम्मा रु. १२०० तोकिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थप‘विप्रेषण विकासको दीर्घकालीन माध्यम होइन’
जेठ ३, २०८१ बिहिबार
च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक
जेठ २, २०८१ बुधबार
नेपालमा लगानी गर्न पोल्याण्डलाई चेम्बर अफ कमर्सको आग्रह
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
जेठ ४, २०८१ शुक्रबार
सुनको मूल्यमा गिरावट, तोलाको कति ?
जेठ ४, २०८१ शुक्रबार
जनकपुरमा सवारी दुर्घटनामा पत्रकार रोहिताको मृत्यु
जेठ ५, २०८१ शनिबार
बालुवाटार छलफलबाट समिति गठन हुने आश्वासन लिएर फर्कियो कांग्रेस
जेठ ५, २०८१ शनिबार
संसदको गतिरोध हटाउनेबारे सत्ता पक्ष र विपक्षीसँग छलफल गर्दै सभामुख
जेठ ५, २०८१ शनिबार
बागमतीमा विषयगत समितिको सभापति चयन गरिँदै
जेठ ५, २०८१ शनिबार
नेपाल प्रहरीका ४ एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस
जेठ ५, २०८१ शनिबार
कलेजो क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ता छन् लक्ष्णहरु !
जेठ ५, २०८१ शनिबार