"प्रेमध्वज संगीत रत्न सम्मान" युवा गायक संगीतकार भबिन ढुङ्गानाले पाउने
नेपालबहस संवाददाता
चैत २२, २०७९ बुधबार १२:४१:४२
२२ चैत्र, काठमाडौं । बिन्ध्यबासिनी म्युजिक अवार्डको १३ औं संस्करण आगामी वैशाख २२ गते सम्पन्न हुँदैछ । सो समारोहमा २१ बिधामा अवार्ड वितरण हुने र ५ बिधामा स्रष्टा सम्मान हुने कुरा आयोजक संस्था विन्ध्यवासिनी फाउन्डेसनले जनाएको छ ।
यसपटकको विन्ध्यवासिनी म्युजिक लाइफ टाईम अचिभमेन्ट अवार्ड संगीतकार प्रकाश गुरुङलाई, बिन्ध्यबासिनी संगीत साधना सम्मान गायिका सुक्मीत गुरुङलाई, बिन्ध्यबासिनी कला पत्रकारिता सम्मान नरेश भट्टराईलाई र प्रेमध्वज संगीत रत्न सम्मान गायक संगीतकार भबिन ढुङ्गानालाई प्रदान गर्ने निर्णय भै सकेको र झलकमान लोक संगीत सम्मानका बिषयमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको सिफारिस पत्र पर्खिरहेको, पत्र प्राप्ति पछि यो बिषयमा निर्णय गर्ने कुरा फाउन्डेसनले जनाएको छ ।
यसअघि "बिन्ध्यवासिनी संगीत रत्न" सम्मानबाट गायिका अन्जु पन्त बि.सं. २०७१, गायक राजेश पायल राई बि.सं.२०७२, गायक रामकृष्ण ढकाल बि.सं.२०७३, गायिका रिमा गुरुङ होडा बि.सं. २०७४, गायक तथा संगीतकार सुगम पोखरेल बि.सं. २०७५, संगीतकार हरि लम्साल बि.सं. २०७६, गायिका मान्डवी त्रिपाठी बि.सं. २०७७ मा सम्मानित भएको फाउन्डेसनले उल्लेख गरेको छ । सम्मानको आठौँ संस्करणबाट सो सम्मान अग्रज श्रष्टा प्रेमध्वज प्रधानप्रति समर्पण गर्दै "प्रेमध्वज संगीत रत्न सम्मान" नामाकरण भएको थियो । त्यस लगत्तै गायक संगीतकार अजर जंगमले बि.सं. २०७८ मा यो सम्मान पाएका थिए । नगद २५ हजार धनराशीसहितको "प्रेमध्वज संगीत रत्न सम्मान २०७९" गायक संगीतकार भबिन ढुङ्गानाले प्राप्त गर्नेछन ।
स्रष्टा सम्मानको निरन्तरता र समग्र नेपाली संगीत क्षेत्रको गरिमा उच्च राख्न यस्ता सम्मान र अवार्ड कार्यक्रमहरू गर्दै आएको बिन्ध्यबासिनी फाउण्डेसनले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालेनको कविता संग्रह ‘अश्र’ सार्वजनिक
बैशाख १४, २०८१ शुक्रबार
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला
बैशाख १३, २०८१ बिहिबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार
बस खोलामा खस्दा २० को मृत्यु, २१ जना घाइते
नेपालबहस संवाददाता
बैशाख २१, २०८१ शुक्रबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
नेपालबहस संवाददाता
बैशाख २२, २०८१ शनिबार
शरीरका यी चार अंगमा तेल लगाउनुहोस्, कुनै पनि रोग लाग्दैन !
बैशाख २२, २०८१ शनिबार
प्रधानमन्त्रीका कुरा सुन्दा ‘कि सत्ता समीकरण फेरिन्छ, कि अध्यादेशबाट बजेट आउँछ’
बैशाख २२, २०८१ शनिबार
गृहमन्त्रीको राजीनामा हाम्रो माग होइन, संसद चल्न संसदीय छानबिन समिति बन्नुपर्छः कोइराला
बैशाख २२, २०८१ शनिबार
डीभीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
बैशाख २२, २०८१ शनिबार
मकवानपुरमा कम्प्याक्टर दुर्घटना हुँदा एक जनाको निधन
बैशाख २२, २०८१ शनिबार
ओली–नेपालबीच दूरी बढ्यो, सुदुरपश्चिम प्रदेश सरकारको भविष्य अन्यौलमा
बैशाख २२, २०८१ शनिबार
वैशाख २४ गते बागमती प्रदेशमा सार्वजनिक विदा
बैशाख २२, २०८१ शनिबार
एक ढिक्का भएर पार्टीलाई बलियो बनाऔँ: नेता कोइराला
बैशाख २२, २०८१ शनिबार
कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण
बैशाख २२, २०८१ शनिबार