के थियो पूर्व खानेपानी मन्त्री खानको अश्लिल भिडियोमा ?
नेपालबहस संवाददाता
चैत २७, २०७९ सोमबार ११:४६:४०
२७ चैत, काठमाडौं । जनमत पार्टीका नेता एवं पूर्वमन्त्री अब्दुल खानको अश्लील भिडियो प्रकरण चर्चामा आएको छ । एक महिलासँग सम्बन्धित उक्त अश्लील भिडियोबारे खानले आफूलाई फसाउन खोजिएको भन्दै प्रहरीमा उजुरीसमेत दिएका थिए । केही समय अघि सार्वजनिक भएको भनिएको उक्त अश्लील भिडियो यति बेला नेपाल प्रहरीको साइबर व्यूरोको अनुसन्धानकै क्रममा छ । उनले मन्त्री पदबाट राजीनामा दिनुको कारण यही मानिएको छ ।
उनले मन्त्री छाडेको केही दिनपछि एक महिलासँग ह्वाटसएपमा अश्लील गतिविधि गरिरहेको भिडियो बाहिरिएको थियो । खानले भने उक्त भिडियो ६ महिना पहिलेको भएको बताउँदै प्रहरीमा उजुरी दिएका थिए । भिडियो काट-कुट पारेर बाहिर ल्याएर आफूलाई फसाउन खोजिएको भन्दै नेपाल प्रहरीको साइबर ब्यूरोमा उनले उजुरी दिएका थिए । साइबर ब्यूरोका प्रवक्ता पशुपति रायले यसबारे अनुसन्धान भइरहेको बताए ।
पूर्वमन्त्री खानले एक महिलासँग भएको अश्लील भिडियो बाहिरिने संकेत पाएपछि मन्त्रालयबारे असन्तुष्टि जनाउँदै पदबाट राजीनामा दिएको केहीको अनुमान छ । सामाजिक सञ्जालमा आएको उक्त अश्लील भिडियो अहिले रोकिएको छ । प्रहरीले पनि अनुसन्धान नसकिएको भन्दै सार्वजनिक गरेको छैन । कतिपय जनमतकै नेता कार्यकर्ताले खानको अश्लील भिडियो सार्वजनिक नगर्न प्रहरीमाथि दवाव पनि परेको छ ।
फेसबुक र उनको म्यासेन्जरमा भिडियो आएपछि खानले छानविन गर्न उजुरी दिएका थिए । भिडियोबारे खानले ति महिलासँग सामान्य कुराकानी भएको तर भिडियोलाई अर्कै ढंगले बाहिर ल्याइएको र काटकुट पारिएको प्रहरीको उजुरीमा उल्लेख गरेका छन् । सुरुमा भारतीय युवतीले आफूलाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएको उनले बताएका छन् । फेसबुकमा साथी बनेर करिब २० दिन कुरा भएपछि ह्वाट्सएपमा भिडियो कल गरेर अश्लील फोटो र भिडियो देखाइएको खानको दावी छ ।
खानले बाँकेमै हुँदा आफूसँग कुरा भएको दावी गरेका छन् । यस बारेमा जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएको पनि उनले बताएका छन् । सुरुमा आफूसँग राम्रोसँग प्रोफेसनल नै कुरा भएको जानकारी दिँदै उनले भने, ‘तर पछि ह्वाट्सएपमा कुरा हुँदा भने सिधा त्यस्ता फोटो र भिडियो देखाउन थालेपछि साथीहरूको प्रोफाइलमा पनि हालिदिएछन् । यो मलाई जानाजानी फसाउने काम भएको छ ।’
यता, प्रहरीले भने भिडियोमा खानले अश्लील गतिविधि गरेको देखिएको दावी गरेको छ । सुरुमा ती युवतीको अश्लील भिडियो हेरिरहन्छन् । पछि आफैं त्यस्ता गतिविधि गरेको भिडियोमा देखिन्छ । ती युवतीसँग उनले हिन्दी भाषामा कुरा भएको प्रहरीको भनाइ छ । खानलाई प्रहरीले यसमा अनुसन्धान गरेर भिडियो पनि हटाउने आश्वासन दिएको पनि बताइएको छ । साइबर व्युरोले सो विषयमा अनुसन्धान जारी रहेको बताएको छ ।
जनमत पार्टीका उपाध्यक्ष समेत रहेका खान माघ ११ गते मन्त्री बनेका थिए । तर जनमतले उद्योग मन्त्रालय माग गरेको थियो । उक्त मन्त्रालय नपाएपछि चैत १७ गते उनले मन्त्रीबाट राजीनामा दिएका थिए । खान जनमतका समानुपातिक सांसद हुन् । सोही भिडियो बाहिर आउने भएपछि उनले राजीनामा दिएको चर्चा पनि व्यापक रहेको थियो । उनको भिडियो बाहिर आउनु पूर्व खानेपानी मन्त्रालयमा चर्चा भइसकेको एक कर्मचारीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
बालमन्दिर जग्गा हिनामिना आरोपीलाई पक्राउ नगर्न दबाब, अधिकांश भारततर्फ फरार
जेठ ४, २०८१ शुक्रबार
सहकारी ठग्नेलाई कारवाही गर्न ओली किन अनिच्छुक ?
जेठ ३, २०८१ बिहिबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
शनिबार शनिदेवको प्रिय दिन, आज शनि महाराजले कसलाई लाभ-हानी दिन्छन् ?
जेठ ५, २०८१ शनिबार
ठमेलमा खाना तथा हस्तकला मेला
जेठ ५, २०८१ शनिबार
स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा
जेठ ५, २०८१ शनिबार
चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ
जेठ ५, २०८१ शनिबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
बाँकेको जमुनाहा नाका आज रातिबाट बन्द हुँदै
जेठ ५, २०८१ शनिबार
उमेर नपुग्दै गर्भपतनले स्वास्थ्य समस्या बढ्दै
जेठ ५, २०८१ शनिबार