न्यायपालिकामा राजनीति हुन दिन्न, ‘हाम्रो र राम्रो’ हैन कि ‘राम्रो हाम्रो’ हुनेछ : चण्डेश्वर श्रेष्ठ
इन्द्र रिजाल
चैत २२, २०७५ शुक्रबार २०:२८:६
काठमाडौं । नेपाल बार एसोसिएसनका नवनिर्वाचित अध्यक्ष चण्डेश्वर श्रेष्ठले बार सरकारको ईशारामा नचल्ने स्पष्ट पारेका छन् । उनले नेपाल बारलाई माथि लैजानका लागि सम्पूर्ण कानुनी व्यवसायीसंग सल्लाह गरेर सुझाव लिएर थप व्यवसायी बनाउन लाग्ने बताएका छन् ।
उनले गुण र दोषको आधारमा अगाडि बढ्ने भन्दै बेन्चलाई बारको सहयोग चाहिने पनि स्पष्ट पारे । उनले गुण र दोषकै आधारमा बेन्चलाई सहयोग गर्ने पनि बताएका छन् ।
श्रेष्ठले विधिको शासन अन्तर्गत रहेर बारले सरकारलाई सहयोग गर्ने पनि उनले बताएका छन् । विधिको शासन उल्लंघन गरे बार त्यसको विरुद्धमा जाने भन्दै उनले बार सरकारको गोटी नबन्ने बताएका छन् ।
श्रेष्ठले निर्वाचनमा प्रतिस्पर्धा भए पनि सेवाग्राहीलाई न्याय दिनका लागि र हकहितमा लड्नका लागि सबै कानुन व्यवसायी एक भएर अगाडि बढ्ने बताएका छन् । न्यायपालिकामा चलखेल हुने र अन्याय हुने कामहरु यदाकता भए पनि जनताको आस्थामा कतै पनि कमी आउन नदिनका लागि बारले भूमिका खेल्ने पनि अध्यक्ष श्रेष्ठले बताए ।
बार व्यवसायीक आधारमा चल्ने भएकाले सरकारको इच्छामा नचल्ने उनले बताए । उनले राजनीतिक भागबण्डाका आधारमा न्यायाधीश नियुक्ति हुनु हुँदैन भन्नेमा अडिक रहेको पनि स्पष्ट पारे ।
‘हाम्रो र राम्रो’ हैन कि ‘राम्रो हाम्रो’ हुनेछ भन्दै न्यायपालिकामा राजनीतिकरण हुन नदिने पनि नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताए । राम्रो मान्छेलाई सबैले उत्साह दिनुपर्ने र नराम्रोलाई निरुत्साहित गर्ने तथा बारले खवरदारी गरिरहने उनले बताए ।
न्यायपरिषद विवादमा आएको भन्ने जनाउ आए पनि विवादमा पर्न नदिन आफूहरु एक ढिक्का भएर लाग्ने पनि श्रेष्ठले बताएका छन् । बारको निर्वाचनमा प्रगतिशील समूहले शानदार जित हासिल गरेको छ । लोकतान्त्रिक समूहले महासचिव र प्रदेश ५ बाट एक सदस्यमात्र जितेको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपबुधबार बैंकिङ प्रणालीबाट ३० अर्ब उठाउँदै राष्ट्र बैंक
माघ २, २०८० मंगलबार
बर्खास्त गर्ने चेतावनी दिएपछि एमालेका मन्त्रीहरूले दिए राजीनामा
चैत २१, २०७९ मंगलबार
प्रहरीबाट नेता कुटिएपछि राजविराज तनावग्रस्त
चैत २१, २०७९ मंगलबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
सीमा सुरक्षा प्रहरी चौकी
नेपालबहस संवाददाता
जेठ १४, २०८१ सोमबार
सिरोहिया पक्राउ बारे बोलेका महजोडीले चौतर्फी आलोचना भएपछि मागे माफी
जेठ १४, २०८१ सोमबार
सीमा सुरक्षा प्रहरी चौकी
जेठ १४, २०८१ सोमबार
एकीकृत समाजवादीले महाधिवेशनको दस्तावेज मातहतका कमिटीलाई पठाउने
जेठ १४, २०८१ सोमबार
मङ्गलबार गणतन्त्र दिवस मनाइँदै
जेठ १४, २०८१ सोमबार
‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि पर्यो कर्णाली’
जेठ १४, २०८१ सोमबार
भारतको सहयोगमा पद्मकन्या विद्यालयमा बनेको छात्रावासको उद्घाटन
जेठ १४, २०८१ सोमबार
वनको घनत्वसम्बन्धी ११ सूचकमध्ये ६ को प्रगति न्यून, ४ को शून्य
जेठ १४, २०८१ सोमबार
विकल पौडेल अर्को भ्रष्टाचार मुद्दामा पनि दोषी ठहर
जेठ १४, २०८१ सोमबार