टिभिएस मोटर्सको टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लु रंगमा बजारमा
नेपालबहस संवाददाता
चैत ३०, २०७९ बिहिबार ११:१२:७
३० चैत, काठमाडौं । विश्वमा दुई पांग्रे र तीन पांग्रे सवारी साधनको प्रतिष्ठित निर्माता टिभिएस मोटर्सले आज टिभिएस एनटर्क १२५ रेस एडिसन नयाँ मरीन ब्लू रंगमा सार्वजनिक गरेको छ । यो रोमाञ्चक नयाँ रंग, युवावर्गले मनपराई दिएको विद्यमान रेस संस्करणको रातो र पहेँलो रंगसँगै राखिने छ ।
टिभिएस एनटर्क १२५ रेस एडिसनको नयाँ स्ट्राइकिङ मरीन ब्लु कलरमा समावेश चेकर्ड फ्ल्याग रेस–प्रेरित ग्राफिक्सले छुट्टै स्टाइल स्टेटमेन्ट बनाउँछ । कालो, मेटालिक ब्ल्याक र मेटालिक नीलोको अद्वितीय तीन टोन संयोजनले निश्चय नै राइडरलाई बाँकी भन्दा फरक भएको महसुस गराउँछ ।
जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने, ‘नेपालमा टिभिएस एनटर्क आरटी–एफआई १२५ रेस एडिसन–मरीन ब्लु मा सार्वजनिक गर्न पाउँदा हामी अत्यन्त खुसी छौं । स्मार्ट स्कूटर आरटी– को समावेश संग एक बेस्ट–इन–क्लास अनुभव प्रदान गर्न डिजाइन गरिएको हो। यो प्रक्षेपणको साथ हामी हाम्रा युवा ग्राहकहरूका लागि बेस्ट अनुभव सिर्जना गर्न प्रतिबद्ध छौं ।’
लन्चको बारेमा बोल्दै कार्यकारी निर्देशक, अखिल गुप्ताले भने, ‘टिभिएस एनटर्क १२५ ले हाम्रा युवावर्गको लागि एक रोमाञ्चक, शक्तिशाली अनुभव प्रदान गरेर नेपालमा स्कुटर उपभोक्ताहरूको अपेक्षालाई पुनः परिभाषित गरेको छ । नेपालमा सबैभन्दा लोकप्रिय स्कुटर ब्रान्ड आरटी–एफआई १२५ रेस एडिसन को मरीन ब्लु स्कूटर आरटी–एफआई प्लेटफर्मले सुसज्जित छ । उत्कृष्ट प्रदर्शन, राम्रो वास्तविक थ्रोटल अनुभवले हाम्रा युवा ग्राहकहरूलाई पक्कै खुसी पार्नेछ ।’
स्टिल्थ एयरक्राफ्टको डिजाइनबाट प्रेरित टिभिएस एनटर्क १२५ रेस एडिसनले सिग्नेचर एलईडी टेल र हेडल्याम्पसहितको तीखो, आक्रामक शैलीलाई मूर्त रूप दिन्छ । स्कूटरमा रहेको अद्वितीय ‘रेस एडिसन’ प्रतीकले टिभिएस रेसिङ पेडिग्रीलाई थप जोड दिन्छ। स्पोर्टी स्टब मफलर, टेक्सचर्ड फ्लोरबोर्ड र डायमण्ड कट एलोय ह्वीलले स्कूटरको स्टाइललाई अझ बढाउँछ ।
SMARTXONNECTTM कनेक्टिभिटी प्ल्याट्फम मार्फत संचालित यस स्कुटरलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत सजिलै कनेक्ट गर्न सकिन्छ । ६० भन्दा बढी सुविधाहरूका साथ पूर्ण रूपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर प्रदान गर्दछ ।
टिभिएस एनटर्क १२५ रेस एडिसन १२४.८ सीसी, सिंगल–सिलिन्डर, ४–स्ट्रोक, ३–भल्भ, एयर–कूल्ड SOHC, फ्युल इन्जेक्टेड इन्जिनले सञ्चालित छ, जसले ६।९ केडब्लु २ ७,००० आरपीएम÷९.३८ पीएस २ ७,००० आरपीएम को अधिकतम पावर आउटपुट प्रदान गर्दछ । १०.५ एनएम २ ५,५०० आरपीएम को उच्चतम टर्क भएको रेस एडिसनले ९५ किलोमिटर प्रतिघण्टाको टप स्पीड प्रदान गर्छ र केवल ९ सेकेन्डमा ०-६० किमी प्रतिघण्टाको गति बढाउँछ ।
पास बाइ स्वीच, डुअल साइड स्टियरिङ लक, पार्किङ ब्रेक र इन्जिन किल स्विच जस्ता मुख्य विशेषताहरूले स्कूटरको सुविधा अझ बढाउँछ । यसका अतिरिक्त, टिभिएस एनटर्क १२५ रेस एडिसनमा बाह्य इन्धन भर्ने सुविधा, युएसबी चार्जर, ठूलो २०-लिटर अन्डरसेट स्टोरेज र टिभीएस प्याटेन्टेड इजेड सेन्टर स्ट्यान्ड रहेको छ ।
मरीन ब्लू कलरमा उपलब्ध नयाँ टिभिएस एनटर्क १२५ रेस एडिसनको नेपाली बजारमा मूल्य २,९९,९०० रूपैयाँ रहेको छ । यो नेपालभर टीभीएस मोटर कम्पनीको आधिकारिक डिलरशिपहरूमा उपलब्ध छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालमा विद्युतीय चुरोटमा प्रतिबन्ध लगाइँदै, वार्षिक ३२ अर्बको व्यापार
बैशाख २५, २०८१ मंगलबार
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
चैत २८, २०८० बुधबार
नयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सीमा नाकामा सशस्त्रका एसपीमाथि निगरानी, पर्साका एसपी हेडक्वार्टरमा तानिए
नेपालबहस संवाददाता
बैशाख २७, २०८१ बिहिबार
गृृहमन्त्री रविको बचाउ प्रकरणले महान्यायाधिक्ता विवादमा
नेपालबहस संवाददाता
बैशाख २६, २०८१ बुधबार
प्रचण्डको यूटर्नले जोगिएको रवि लामिछानेको पद
विनोद त्रिपाठी
बैशाख २७, २०८१ बिहिबार
संसदीय छानबिन समिति बनाइयो भने गृहमन्त्रीले राजीनामा दिनुपर्छ, सरकार ढल्न सक्छः ओली
बैशाख २८, २०८१ शुक्रबार
रविले चुनौती दिएपछि गगनले भने, ‘सबै स्वीकार छ, संसदीय समितिमा आउनुस्’
बैशाख २८, २०८१ शुक्रबार
नक्कली लाइसेन्समा यातायात व्यवस्था विभागका पूर्व महानिर्देशकहरू सीआईबीको ‘राडर’मा
बैशाख २८, २०८१ शुक्रबार
ढकमक्क फुलेको बेगनबेली फूलले बसन्तमय तिलोत्तमा
बैशाख २९, २०८१ शनिबार
सत्ता पक्ष र प्रतिपक्षको टकराव, मुडभेडतर्फ संसद
बैशाख २९, २०८१ शनिबार
गर्मीमा युरिक एसिड बढी भएका बिरामीले कुन फलफूल खाने ?
बैशाख २९, २०८१ शनिबार
के भयो जब शनिदेवले हनुमान जीलाई भेटे, किन मागे शनिले माफी ?
बैशाख २९, २०८१ शनिबार
दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा
बैशाख २९, २०८१ शनिबार
उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा
बैशाख २९, २०८१ शनिबार