ओली अस्वस्थ्य भएपछि तीन शीर्ष नेताहरुको बैठक स्थगित
नेपालबहस संवाददाता
बैशाख १, २०८० शुक्रबार १२:५०:३७
१ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका विषयगत समिति गठन र संसदमा विचाराधीन विधेयकमाथि सहमति खोज्न शुक्रबारका लागि बोलाइएको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक स्थगित गरिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वास्थ्य भएपछि बैठक स्थगित गरिएको बताइएको छ । नयाँ वर्ष मनाउन क्रममा अरु शीर्ष नेताहरु व्यस्त हुनुपरेका कारण आज बैठक स्थगित गरिएको बताइएको छ । यसअघि भएका छलफलमा एक आपसमा सहमति कायम गरेर अगाडी बढ्ने बताइएको थियो ।
प्रमुख दलबीच मुख्यतया द्वन्द्वकालीन घटनासम्बन्धी सत्य सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका परिवारसम्बन्धी आगोग गठन सम्बन्धमा तयार पारिएको विधेयकमाथि तीन दलबीच सहमति हुन आवस्यक छ । यसमा सहमति खोज्न शीर्ष नेताहरुले यसअघि गरेको छलफल निचोड पुग्न सकेको थिएन् । यस्तै संवैधानिक परिषद गठन सम्बन्धी विधेयकमा पनि नेताहरुबीच विवाद छ । संवैधानिक परिषद गठन नहुँदा सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुुक्ति लगायतका काम रोकिएका छन् ।
संसदमा विचारधीन रहेका विधेयकहरुमाथि छलफल गर्न संसदीय समितिहरु पनि गठन भएका छैनन् । विषयगत समितिको सभापतिका लागि दलहरुबीच हानाथाप छ । संसदमा प्रतिनिधित्व गर्ने दलहरु धरै भएपनि मुलतः नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच सहमति हुन आवश्यक छ । रहेका संसदमा रहेका विचाराधीन विधेयक, संसदीय समिति गठन लगायतका विषयमा छलफल गर्न भनेर आज बस्ने भनिएको शीर्ष नेताहरुको बैठक स्थगित भएपनि यसमा हुने भनिएको सहमति पनि पर सरेको छ ।
यसअघि सभामुख देवराज घिमिरेको पहलमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच दुई पटक छलफल भइसकेको छ । थप छलफलका लागि सभामुखको सरकारी निवास बालुवाटरमा आज पनि सभामुख घिमिरेले निमन्त्रणा दिएका थिए । पहिले तोकिएको समयमा शीर्ष नेताहरु आउन नभ्याउने भएपछि दिउँसो १ बजे बैठक बस्ने तय भएको थियो । तर, त्यो बैठक स्थगित भएको छ । नेताहरुका अनुसार एमाले अध्यक्ष ओलीले आफू अस्वस्थ रहेको बताएपछि शीर्ष नेताहरुको बैठक स्थगित भएको हो । अर्को बैठकको मिति तय भएको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराई नेतृत्वको जसपाले यही समीकरणलाई सघाउने
बैशाख २५, २०८१ मंगलबार
सिंहदरवारमा सभामुख र दलका शीर्ष नेताबीच छलफल
बैशाख २५, २०८१ मंगलबार
उपेन्द्रले अब प्रधानमन्त्रीलाई साथ दिन्छन कि छोड्छन ?
बैशाख २५, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
भवन अभावले एउटै कोठामा दुई फरक-फरक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता
बैशाख २५, २०८१ मंगलबार
भेपमा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु
बैशाख २५, २०८१ मंगलबार
बाटोमै विरामी परेका बागमतीका मुख्यमन्त्रीलाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
बैशाख २५, २०८१ मंगलबार
दशरथ रङ्गशालाको अन्तर्राष्ट्रिय मान्यता गुम्ने खतरा
बैशाख २५, २०८१ मंगलबार
इआईए प्रक्रियामा अल्झियो मझगाउँ विमानस्थल पुनः निर्माण
बैशाख २५, २०८१ मंगलबार
चितवनमा बाघ र गैँडा मृत फेला
बैशाख २५, २०८१ मंगलबार