अब यशराज फिल्मस्ले रणवीरसँग सहकार्य नगर्ने
नेपालबहस संवाददाता
बैशाख ३, २०८० आइतबार १६:२२:४
३ वैशाख, एजेन्सी । यशराज फिल्मस्को ‘व्याण्ड बाजा बारात '२०१०' बाट बलिउडमा आफ्नो सानदार प्रवेश गरेका अभिनेता रणवीर सिंहले बलिउडमा कैयौं हिट फिल्म दिएका छन् । तर कोरोना महामारीपछि अभिनेताको फिल्म बक्सअफिसमा लगातारा फ्लप भइरहेको छ ।
‘८३ '२०२१'’, ‘जयेशभाई जोरदार '२०२२’ र ‘सर्कस’ जस्ता ठूला बजेटका फिल्म फ्लप भएपछि रणवीरको करियर पनि प्रभावित भएको छ । यस्तो अवस्थामा अब यशराज फिल्मस्ले भने अब रणवीरसँग कुनै पनि फिल्ममा सहकार्य नगर्ने घोषणा गरेको छ ।
अहिले आदित्य चोपडा, यशराज फिल्मस्का प्रमुख र उनको कोर टिम यो समय वाईआरएफ स्पाई युनिभर्समा आफूलाई केन्द्रीत गरिरहेका छन् । यशराज स्पाई युनिभर्सले हालै शाहरुख खान स्टारर ‘पठान’ जस्तो फिल्म बनाएर अलटाइम ब्लकबस्टर फिल्म दियो । अब उनीहरु सलमान खानको नयाँ फिल्म ‘टाइगर ३’को रिलिजका लागि तयारी अवस्थामा छन् । प्रत्येक फिल्ममा ठूलो बजेट लाग्ने भएपछि उनीहरु कुनै पनि गल्ती गर्न चाहेका छैनन् ।
‘यस्तो अवस्थामा रणवीरसँग कुनै पनि फिल्म गर्ने सोच बनाएका छैनन् । रणवीरले यशराज फिल्मस्सँग ६ फिल्ममा सहकार्य गरेका छन्, त्यसमा एकमात्र फिल्म ‘गुण्डे ९२०१४’ हिट भयो । यो पनि सेमी हिट नै थियो । ब्याण्ड बाजा बारात, लेडीज वर्सेज रिकी बहल र बेफिक्रे औसत कमाई गर्ने वाला फिल्म हुन् । यहीबिचमा किल दिल र जयेशभाई जोरदार पूर्ण रुपमा फ्लप भयो’,यशराज फिल्मस् स्रोतले भन्यो, ‘यी ६ फिल्मले ओटीटी र सेटलाइट अधिकारको बिक्री गरेर पैसा कमाए पनि बक्सअफिसबाट त्यति नै रकम फिल्मले निर्मातालाई फिर्ता गर्न सकेन ।’
रणवीरले केवल सञ्जय लीला भन्सालीसँग हिट फिल्म दिएका छन् । भन्सालीको ‘गोलिया की रासलिला राम–लीला’, ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ रणवीर अभिनित हिट फिल्म हुन् । फिल्मबाहेक उनको कुल बक्सअफिस ट्रेक रेकर्ड पनि त्यति प्रभावशाली छैन । भन्सालीबाहेक रणवीर केवल दुई फिल्म ‘सिम्बा’ र ‘गली ब्वाइ’मात्र हिट फिल्म दिएका छन् ।
रणवीर गत वर्ष नोभेम्बरमा यशराज फिल्मस्को ट्यालेन्ट मेनेजमेन्ट एजेन्सीबाट अलग भएका थिए । उनको कार्य सम्झौता नवीकरण नभएपछि उनी अलग्गिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअभिनेता शाहरुख खान अस्पताल भर्ना
जेठ १०, २०८१ बिहिबार
‘वेलकम टु द जंगल’ बाट बाहिरिए सञ्जय दत्त
जेठ १०, २०८१ बिहिबार
बलिउड फिल्म रामायणको तयारी तीब्र, दुई भागमा बन्ने
जेठ ८, २०८१ मंगलबार
सामाजिक सञ्जालकर्ताको विद्रूप र कैलाश सिरोहिया प्रकरण
जेठ ९, २०८१ बुधबार
विश्वकप खेल्न आवेदन दिएका सन्दीपलाई अमेरिकाले दिएन भिसा
जेठ ९, २०८१ बुधबार
आर्थिक लेनदेन कारोबार वा तिर्नुपर्ने रकम समयमा नतिर्दा के हुन्छ अमेरिकामा ?
जेठ १०, २०८१ बिहिबार
आगलागीबाट ३५ घर नष्ट, ५० लाखको क्षति
जेठ १०, २०८१ बिहिबार
चैत्य, गुम्बा र विहारमा बौद्धमार्गीको भीड
जेठ १०, २०८१ बिहिबार
पक्की नहर बनेपछि फूलबारीका कृषकलाई सहज
जेठ १०, २०८१ बिहिबार
ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार
जेठ १०, २०८१ बिहिबार
अभिनेता शाहरुख खान अस्पताल भर्ना
जेठ १०, २०८१ बिहिबार