सुडानमा भिडन्त जारी : मृत्यु हुनेको संख्या ९७ पुग्यो
नेपालबहस संवाददाता
बैशाख ४, २०८० सोमबार १३:१:३७
४ वैशाख, खार्तूम । सुडानको राजधानी खार्तूममा सेना र अर्धसैनिक बलबीच सोमबार तेस्रो दिन पनि झडप हुँदा मृत्यु हुनेको संख्या १०० पुगेको छ । सन् २०२१ मा भएको ‘कू’ मा सत्ता कब्जा गरेका दुई जनरल, सुडानका सेना प्रमुख अब्देल फतह अल बुरहान र शक्तिशाली अर्धसैनिक रेपिड सपोर्ट फोर्सेज (आरएसएफ) को कमाण्ड सम्हालिरहेका उहाँका सहयोगी मोहम्मद हमदान डग्लोबीच हप्तौंदेखि चलेको शक्ति सङ्घर्षपछि शनिबारदेखि हिंसा सुरु भएको हो ।
खार्तूम र सुडानका अन्य शहरहरूमा हवाई आक्रमण, सडकमा ट्यांकहरू, तोपखानाको गोलाबारी र भारी गोलीबारीसहित भएको भीषण द्वन्द्वले तत्काल युद्धविरामको लागि अन्तर्राष्ट्रिय मागहरू उठाएको छ ।
“शनिबारदेखि सुरु भएको झडपमा सर्वसाधारणको मृत्यु हुनेको सङ्ख्या बढी ९७ पुगेको छ,” चिकित्सक सङ्घले सोमबार उल्लेख गरेको छ । “यो आँकडामा सबै हताहती समावेश गरिएको छैन किनभने लडाईंका कारण आवतजावतमा कठिनाइ भएका कारण धेरै जना अस्पताल पुग्न सकेका छैनन् ।
सुडानका चिकित्सकहरूको केन्द्रीय समिति, एक अलग लोकतन्त्र समर्थक सङ्गठनले शनिबारदेखि सुरक्षा बलहरूमा दर्जनौंको मृत्यु भएको र नागरिक र सेनासहित लगभग ९४२ जना घाइते भएको जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले खार्तूमका नौ वटा अस्पतालमध्ये केहीमा रगत, रक्तसञ्चार उपकरण र अन्य अत्यावश्यक सामग्रीको अभाव भएको भन्दै चेतावनी दिएको छ ।
यस हिंसाले सुडानी नागरिकहरूलाई आफ्नो घरमा आश्रय लिन बाध्य बनाएको छ साथै लामो द्वन्द्वको डरले देशलाई गहिरो अराजकतामा धकेल्न सक्छ । नागरिक शासनमा फर्कने आशामा तुषारापात भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइजरायलको तेल अवीवमा हमासद्वारा रकेट प्रहार
जेठ १३, २०८१ आइतबार
इजिप्टबाट केरम शालोम हुँदै सहायता ट्रकहरू गाजामा प्रवेश
जेठ १३, २०८१ आइतबार
राजकोट आगलागी : मालिक र व्यवस्थापक सोधपुछका लागि प्रहरी नियन्त्रणमा
जेठ १३, २०८१ आइतबार
भारतीय मूलका विनोद चौधरीका कर्तुत खोजिँदै, कसरी छिरे नेपाल ?
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
के तपाईको हातमा पैसा जोगिदैन ? यी तरिकाहरु अपनाउनुस् !
नेपालबहस संवाददाता
जेठ १२, २०८१ शनिबार
भारतीय कारखानामा विस्फोट : मृत्यु हुनेको संख्या ११ पुग्यो
नेपालबहस संवाददाता
जेठ ११, २०८१ शुक्रबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
आबिद हुसेन
जेठ १३, २०८१ आइतबार
फेरिए नारायणी अस्पतालको मेसु, डा.एनामुलले पाए जिम्मेवारी
जेठ १३, २०८१ आइतबार
अस्पतालमा आगलागी हुँदा सात नवजात शिशुको मृत्यु
जेठ १३, २०८१ आइतबार
नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्दा डोजर चालकको मृत्यु
जेठ १३, २०८१ आइतबार
कस्तो छ आजको मौसम पूर्वानुमान ?
जेठ १४, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ १४, २०८१ सोमबार
कोलकाताले जित्यो आईपीएलको उपाधि
जेठ १४, २०८१ सोमबार
सुक्खा पहिरोले आरुघाट–लार्के सडक अवरुद्ध
जेठ १३, २०८१ आइतबार
अत्यधिक गर्मी बढेपछि तीन दिन विद्यालय बन्द
जेठ १३, २०८१ आइतबार
निजामतीमा महिलाको प्रतिनिधित्व १३ दशमलव ६ प्रतिशत
जेठ १३, २०८१ आइतबार